
रजिष्ट्रार
डा. विनोद कुमार यादव
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रादेशिक अस्पताल
कम समयमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अञ्चल अस्पतालबाट स्तरोन्नति हुँदै प्रादेशिक हुँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन हुँदा अस्तव्यस्त रहेको अस्पताल सुधारोन्मुख अवस्थामा छ । अस्पतालमाथिको विश्वसनीयता, प्रतिष्ठान भन्दा बढी निजी नर्सिङ्ग होम रुचाउने जस्ता चुनौतीको सामना गर्दै दैनिक छ सय देखि एक हजार विरामी चेक जाँच गर्दैछ । लथालिङ्ग अवस्थाको अस्पतालमा सामग्रीको व्यवस्थापन देखि सरसफाइ तथा कर्मचारीहरु नियमित समयमै आउने जाने लगायतका परिवर्तन भएको छ । जसरी बालुवामा पानी जति हालेपनि त्यसरीनै बाँझो खेतमा हामी बाली लगाउने काम गर्दैैछौं ।
अस्पतालको पुरानै संरचनाको मेनपावरलाई मोटिभेट गरेर, रिक्वेस्टै गरेर सुधार हामीले गरेका छौं । पहिला अस्पतालमा आउँदा मान्छेलाई गेट देखि नै नाक थुनेर आउनुपर्ने अवस्थाबाट मुक्त भएको छ । सिमिति जनशक्तिमा प्रदेशकै उदाहरणीय र नमूना अस्पतालको रुपमा हामीले विकास गरिरहेको छौ । यतिमात्र हैन प्रदेशको प्रतिष्ठान खोल्दा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धान विषयमा हामीले सेवा दिरहेका छौं । एक वर्ष भन्दा पहिला एचडियु र इमर्जेन्सी सेवासंगै थियो । अहिले पूmल एचडियू १० र ३५ वेडको इमर्जेन्सी छ । जनकपुरधामलाई हामी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको माध्यमबाट स्वास्थ्यको हव बनाउँछौं । हामीसंग म्यानपावर, कोठा, वेड, स्टाफ सवै लिमिट छ । तरपनि चार सय वेड सञ्चालमा छ ।
हाम्रो अस्पतालमा हरेक दिन कन्सलटेन्ट डाक्टरले ६ सय देखि हजार विरामी सम्म हेर्छ । डाक्टरको सुविधानको लागि र अन्त काम गर्ने वातावरणलाई अन्त्य गर्न प्रदेश सरकारसंग चार सय प्रसेन्ट तलव सुविधान बढाउन प्रस्ताव ग¥यौ । ताकी प्रादेशिक अस्पतालका चिकित्सक अन्य ठाउँमा, क्लिनिक, नर्सिङ्ग होम सहितका स्थानमा प्राक्टिस नगरोस् । यो एडभोकेसीको लागि राम्रो पनि हो । अन्य ठाउँ जस्तै डाक्टरी सेवामा पनि यावस्यूल्यूट खोज्ने प्रयास ग¥यौं । संघीय सरकारले एक स्वास्थ्यकर्मी एक ठाउँ चुज निर्णय पास गरेको छ । अर्थात एउटा स्वास्थ्यकर्मी एक ठाउँमा मात्र काम गर्ने तर त्यसको लागि सरकारले व्यवस्था गर्नुप¥यो ।