महोत्तरी: जनकपुरधामको न्युरो हस्पिटल तथा रिसर्च सेन्टरले महोत्तरीको मटिहानीमा आगलागीबाट पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ । न्युरो हस्पिटलको एक टिम बिहिबार मटिहानी नगरपालिका वडा नं. ६स्थित जरलहवा वस्तीका अग्निपीडित परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

अस्पतालका संचालक डा. विजय राउतको नेतृत्वमा पुगेको टोलीले पीडितहरु साडी, गम्छा, चामल, विस्कुट लगायतका राहत सामाग्री वितरण गरिएको हो । जरहवा वस्तीका आगलागीबाट पीडित १ सय १० भन्दा बढी परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । पीडित परिवारलाई सो राहत सामाग्री मटिहानी नगरपालिका नगरप्रमुख हरिप्रसाद मण्डलले हस्तान्तरण गरेका थिए । उनले आफ्नो नगरको आगलागी पीडितलाई अस्पतालले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

अस्पतालका संचालक राउतले यो विपदको घडीमा सबैले पीडितका लागि सहयोगी हात आगाडी बढाउनु पर्छ भन्ने अभिप्रायले हामीहरुले समेत सहयोगी भावनाका साथ राहत सामाग्री वितरण गरेको बताए । उनले अन्य सहयोगी हातहरुलाई समेत आगलागीबाट पीडितहरुको सहयोगका लागि अगाडी आह्वान गरे ।

राहत सामाग्री वितरणका लागि अस्पतालका संचालिका विभा राउत, चेयरमैन अजय राउत, सूचना अधिकारी संजय मण्डल लगायतका व्यक्ति पुगेका थिए । बुधबार मटिहानी नगरपालिका वडा नं. ६ स्थित जरलहवा गाछीमा रहेको स्तीमा भएको आगलागीमा डेढसय भन्दा बढी घर जलेर नष्ट भएका थिए ।

२०८१ बैशाख १३, बिहीबार २०:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय