नेपालवाणी नेटवर्क
जनकपुरधाम, जेष्ठ ।
मैथिली भाषामा लिखित ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्र आवरण एक समारोहका बीच अनावरण गरिएको छ । मैथिली भाषाका अभियानी विशेष व्यक्तित्वहरुको उपस्थितिमा एक समारोहका बिच पत्रकार तथा साहित्यकार सुजित कुमार भाद्वारा लिखित १६ औं कृति ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रको आवरण अनावरण गरिएको हो ।
मधेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सांसद रामसरोज यादव, संविधानसभा सदस्य डा. विजय कुमार सिंहले संयुक्त रुपमा कोभर पेजको अनावरण गरे । समाजमा हाल देखिने गरेको नाकारात्मकता मात्रको भीडमा केही भएपनि सकारात्मकता चित्रण गर्ने काम पुस्तकमा गरिएको लेखक झाको भनाई थियो । पत्रकारितामा पनि खाली नकारात्मक समाचारहरु मात्र देखिन्छ, त्यसै भित्रबाट सकारात्मक कुराहरु निकाल्ने प्रयास पुस्तकमा गरिएको झाको भनाई थियो ।
समारोहमा बोल्दै पूर्व मन्त्री रामसरोज यादवले प्रदेश सरकार मैथिली भाषा, साहित्यको विकासका लागि केही नगरेको आरोप लगाए । प्रदेश बजेटमा बैद्धिक क्षेत्रको विकासमा शून्य योगदान रहेको चर्चा गर्दै उनले भने, ‘प्रदेशको भाषा बनाउन आफू संसदमा पनि कयौं पटक आवाज उठाएपनि राज्य गम्भीर छेन् ।’
आवरणमा लेखिएको ‘अन्हार घरमे डिबिया’ यो ३ शब्दले ठूलो सन्देश बोकेको कार्यक्रमका प्रमुख अतिथि यादवले बताए । उनले यी ३ शब्दलाई समाजमा पछाडी पारिएका, सिमान्तकृत समुदाय तथा अवसरबाट बञ्चितहरुलाई अगाडी बढाउनु आवश्यक रहेको अथ्र्याएको बताए ।
संविधानसभा सदस्य डा. विजय कुमार सिंहले मैथिली पुस्तक प्रकाशनका लागि स्थानीय स्तरमा कोष बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय सरकार र प्रदेश सरकारलाई भाषाको विकासमा योगदान गर्न दबाब दिनुपर्नेमा समेत जोड दिए । साथै लेखक झाले मैथिली साहित्यमा कम समयमै ठूलो गुण लगाएकोमा प्रशंसा गरे ।
पत्रकार झाको १५ वटा कृति प्रकाशिन भईसकेको छ । ६ वटा अनुवाद पुस्तकका साथै अन्य ९ वटा साहित्यिक पुस्तकहरु प्रकाशित भई सकेका छन् । वालकथा संग्रह ‘कोइली घूरि आउ’, ‘तितलीसंग दोस लगाएब’, कथा संग्रह ‘चिड़ै’, ‘जिद्दी’, ‘बुलबुल’, ‘खजुरीबाली’, ‘गन्ध’, रिपोताजहरुको संग्रह ‘रिपोटर डायरी’का साथै अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ रहेको छ ।
पत्रकार सुधीरचन्द्र आचार्यको उदघोषणमा भएको कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा साहित्यकार रोशन जनकपुरी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण, मधेश मिडिया प्राधिकारणका अध्यक्ष श्यामसुन्दर यादव, मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापडि, पूर्व डिइ रत्नेश्वरलाल कर्ण, पर्यावरण अभियानी सुरेश शर्मा, कोषका सदस्य सचिव श्यामसुन्दर शशी सहितका वक्ताहरुले बोलेका थिए ।