गोविन्द महतो / जनकपुरधाम

जनता समाजवादी पार्टी नेपालको मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मधेश प्रदेशसभाबाट बिश्वासको मत पाउन नसकी मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढलेको हो ।

नेपालको संविधान अनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरु मध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बुधबार बिश्वासको मत पाउन नसकेपछी यादव नेतृत्वको सरकार ढलेको हो । गत महिनाको २४ गते जसपा नेपाल पार्टीबाट बिभाजित भएर अशोक राई नेतृत्वमा जसपा पार्टि बनेको थियो । सोही पार्टी बिभाजनको ३० औ दिनमा मुख्यमन्त्री यादवले बिश्वासको मत माग्दा फेल भएको हो ।

आज भएको मतदानमा बिश्वासको मतको पक्षमा ५० मत परेको थियो । यस्तै बिपक्षमा ५३ मत परेको छ । कुल १०३ उपस्थित प्रदेशसभा सदस्य मतदानमा सहभागी भएकोमा ५० मत मात्रै प्राप्त गर्नुभएकोले यादव नेतृत्वको सरकार ढलेको हो ।

‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेको हो । जनता समाजवादी पार्टी नेपालको सरकारमा रहेको सत्ता साझेदार दलहरुमध्ये एकपछि अर्को दलले साथ छोडेपछि जसपा एक्लिएको हो । सरकारमा रहदा जसपा बाहेक अन्य सबै दल विपक्षमा थिए ।

सरकारको पक्षमा जसपा नेपाल, नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मुख्यमन्त्री पक्षमा मतदान गरेको थियो भने नेकपा एमाले २४, जनमत पर्ट्टि १३, नेकपा माओवादी ९ र एकीकृत समाजावादी पार्टी ७ गरि ५३ मत बिपक्षमा परेको हो !

नयाँ सरकारको कसरत

मधेश प्रदेशमा मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकार ढलेपछी नया सरकार गठनका लागि कसरत सुरु भएको छ । जनमत पार्टी नेतृत्वको सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी सम्मिलित सरकार गठनको कसरत भै रहेको छ ।

जनमत पार्टिबाट मुख्यमन्त्रीका लागि महेश् प्रसाद यादव, वसन्त कुमार कुशवाहा, सतिष सिंह र चन्दन सिंहको चर्चा छ । एसैगरी एमालेबाट भौतिक सहित ४ मन्त्रालय, अर्थ सहित २ मन्त्रालय माओवादी र नेकपा एकीकृत समाजवादी लिने छ ।

२०८१ जेष्ठ २३, बुधबार २०:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय