काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान शुरु गरिएको बताएका छन्।

शुक्रवार सिंहदरबारमा आफ्नो सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।

सो क्षेत्रको करिब नौ हजार विगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले बिग अपरेशन गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो।

उनले सो विषयमा सञ्चारमाध्यामलाई आफूले चाँडै विस्तृत जानकारी गराउने पनि बताए।

उपप्रधानमन्त्री लामिछानेले आफूले सय दिनमा गृह मन्त्रालयको घोषित उद्देश्य अनुसार काम हुने गरी आधार तयार पारेको पनि जानकारी दिए।

२०८१ जेष्ठ ३२, शुक्रबार २२:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय