अनिल निराला , जनकपुरधाम २ अषाढ ।  पार्टीका मुख्य एजेन्डा र मधेशमा बढेका भष्टाचारलाई अन्त्यका लागि जनमत पार्टी सधै तयार रहेको मधेस प्रदेश सभा सदस्य हसिना खातुनले बताउनुभयो।

जनताका प्रत्याभूतिका आत्म साथ गर्दै विकासका मामलामा  मुख्यमन्त्रीले सबै सँग मिलेर मधेसका विकासमा अगाडी बढने प्रदेश सदस्य खातुनले बताउनु भएको छ ।

प्रदेशमा कर्मचारी तन्त्रको हावीले विकासमा खल्लो पुगेको भन्दै अबको दिनमा यो सबैलाई अन्त्य गर्दै जनता सँग सरोकार राखेको बिषयमा सिधै गाँउ र शहरका  विकास हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अबको समयमा शिक्षा , स्वास्थ्य र कृषिमा मधेस प्रदेशका कुनै पनि पालिका र क्षेत्र पछाडी नपर्ने प्रदेश सभा सदस्य खातुनले बताएका छन् ।

जनताका बलिदानीले स्थापित भएका संघियतालाई टिकाएर जनता सँग सरोकार राखेर विकासको पाइला अगाडी बढाउने जनमत पार्टीले संकल्प लिएको मधेस प्रदेश सदस्य हसिना खातुनले बताउनुभयो।

२०८१ असार २, आईतवार ०७:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय