अनिल निराला, महोत्तरी १० अषाढ ।महोत्तरीको  बलबा   नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२का लागि ५० करोड ८४ लाख ८१ हजारको बजेट ल्याएको छ ।

बलबा नगरपालिकाको ८औँ नगरसभामा उपप्रमुख राम विजय महतोले आर्थिक वर्ष २०८१÷०८२का लागि ५० करोड बढीको बजेट प्रस्तुत गरेका हुन् ।

सो बजेटको रकम राजस्व बाँडफाँटमा संघ सरकारबाट प्राप्त १० करोड ७० लाख,बितिय समानिकरण अनुदान ११ करोड ९४ लाख , सशक्त अनुदान २४ करोड ३४ लाख १४ हजार र सम्पुरक अनुदान ५५ लाख र प्रदेश सरकारबाट प्राप्त   समानीकरण अनुदान ८६ लाख  ६७ हजार , ससर्त अनुदान ९५ लाख र सम्पुरक अनुदान २० लाख मिलाएर चालु तर्फ ३३ करोड ४० लाख ८१ हजार , पुजिगत तर्फ १७ करोड ४४लाख, लगायत आन्तरिक स्रोतहरू भूमिकर÷मालपोत, घरबहाल कर, बहाल बिटौरी कर, सवारीसाधन करसहितका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातबाट पूर्ती गरिने छ ।

बलवा नगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै बलवाको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको विकासको क्षेत्रमा समेत उल्लेख्य कदम उठाइने नगरप्रमुख महतोले बताए । पूर्वमन्त्री एवम प्रदेश सभा सदस्य सुरिता साहका कार्यक्रमको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भयो ।

नगरसभाको उदघाटन सत्रमा  सभासद रमिता प्रधान,जनमत पार्टीका केन्द्रिय सदस्य सजय यादव, उप-प्रमुख राम दुलारी देवी,महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सशस्त्रका एस पी,जनपदका एस पी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज,लोसपा,जसपा नेपाल, काँग्रेस, माओवादी,एमाले लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा नगरसभा सम्पन्न भएको छ ।

 

२०८१ असार १०, सोमबार ०८:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय