अनिल निराला, जनकपुरधाम १४ अषाढ । मधेस प्रदेशको जनकपुरधाममा जग्गा हडपन होडबाजी चलेको छ।सडक बिभाग,गुठी,राज्यगुठी जस्ता जग्गाहरुमा सरकारी भवन, व्यत्तिगत भवन र जातीय दलालहरु निर्माण हुन लागेको देखिएको छ।

त्यस्तै एउटा बिबादित जग्गा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २१ मा देखिएको छ । जनकपुर देखि रामगोपालपुर जाने ४२ फिट बाटोमा रहेको सडक बिभागको जग्गामा पर्खाल निर्माण गर्ने लगेको र पछि गएर चोरीछिपि जातीय भवन निर्माण गर्छ भन्ने आरोप स्थानीयवासीले लगाएको छ ।

सो सरकारी जग्गा मिचेर  पर्खाल   निर्माण गर्ने लाग्दा  स्थानीवासीले विरोध गर्दा मारपिट गर्न लगाउने पूर्व वडाध्यक्ष रामेश्वर महासेठले आरोप लगाएको छ ।त्यो जग्गामा जातीय भवन निर्माण गर्ने यति प्रपन्च गर्न लागेको पूर्व वडाध्यक्ष महासेठको भनाई रहेको छ ।अहिलेको वडाध्यक्ष राजनारायण साह उर्फ राजुले जबरजस्ती पर्खाल निर्माण कार्य गरिरहेको देखिएको तर यो विवादले जातीय दंगा बढने सम्भावना देखिन्छ।

विगतको ५ वर्षको कार्यकालमा सोहि जग्गामा पूर्व वडाध्यक्ष रामेश्वर महासेठले बडा कार्यालयको बजेट बाट त्यो ठाउँमा बडा भवन निर्माण गरेको थियो तर सडक बिभाग , जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर लाल किशोर साहको टोलीले भवन भत्काएर कुनै पनि सामुदायिक कार्य नगर्न निर्देशन दिइएको थियो।

अहिले सोहि विवादित जग्गामा वार्ड न २१ वडाध्यक्ष राजनारायण साह उर्फ राजुले बाडाको ४ लाख रुपियाँ      बजेट विनियोजन गरि जबरजस्ती पर्खाल निर्माण गर्न लागेको स्थानीयवासीको  आरोप  छ । यता जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लाई सोध्दा त्यो जग्गामा समाजलाई कुनै प्रकारको नकारात्मक असर नपरोस् भनि निर्माण कार्य रोक्न आदेश दिएको थियो तर वडाध्यक्ष साहका अनुसार यो निर्माण कार्य मेयर साहको आदेशमा भई रहेको बताईएको छ ।

२०८१ असार १४, शुक्रबार १३:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय