नेपालावाणी नेटवर्क
जनकपुरधाम, अषाढ १७ ।

ब्लड फर नेपालका संस्थापक अध्यक्ष सरोज कुमार महतोलाई नेपाल सरकारले राष्ट्रिय प्रतिभा युवा सम्मान दिने भएको छ । नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, सिंहदरवार काठमाण्डौंबाट महतोलाई सम्मानका लागि सिफारिस गरिएको हो ।


धनुषाको बटेश्वर गाउँपालिका ३ घर भएका महतो विगत १० वर्ष देखि रगतको क्षेत्रमा काम गर्दै आएको छ । काठमाण्डौं सहित देशभरमा कसैलाई कुनै पनि बेला रगतको आवश्यकता पर्दा महतोले रगत व्यवस्थापनमा समन्वयन र सहकार्य तथा रगतको व्यवस्थापन गर्दै आएको छ ।

ब्लड बैंकमा रगत अभाव भएको बेला गाउँ गाउँमा पुगी रक्तदान गर्न आम नागरिक समक्ष अपिल गर्छन् । महतोलाई काठमाण्डौं देखि मधेश सम्म रगतवालाको नामले चिनिन्छन् । सरकारले प्रदान गर्न लागेको युवा प्रतिभा पुरस्कारको राशि रु १ लाखको रहेको छ ।

 

२०८१ असार १७, सोमबार १५:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय