गोविन्द महतो / जनकपुरधाम ।

महोत्तरीको गौशाला नगरपालिका १ रामनगर स्थित उद्योगको विद्युत व्यवस्थापनका लागि विस्तार गरिएको ३३ केभी प्रसारण लाइन गाउँ बस्तिबाट भन्दा वैकल्पिक मार्गबाट लग्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी सहित विभिन्न संघ संस्थालाई ज्ञापनपत्र बुझाएको छ । महोत्तरीको गौशाला नगरपालिका १ ईटाटारमा स्थापित नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्राईभेट लिमिटेडको लागि विस्तार गर्न लागेको ३३ केभीको लाईनमा बस्तिभन्दा पर वा अन्डरग्राण्ड गरेर लैजान अन्यथा बस्तिबाट अन्यत्र सारेर लग्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सहित स्थानीय प्रशासन तथा विद्युत कार्यालयहरुलाई ज्ञापनपत्र बुझाएको हो ।

बुझाईएको ज्ञापनपत्रमा भनिएको छ, ‘सार्वजनिक सडक ऐन २०३१, परिच्छेद २ दफा ३ को ख बमोजिम सडक बोर्ड निर्देशिका २०६१ दफा २ को (छ) को (ख) सडक सिमा सम्बन्धी व्यवस्थाले सहायक मार्गको लागि केन्द्रविन्दुबाट १५÷१५ मिटर दुवै तर्फ व्यवस्था गरेको मापदण्डलाई वेवास्ता गरेर गरेको बलजफती कार्य मान्य हुने छैन् ।

साथै उद्योग चल्न नदिने भन्दा पनि उद्योगलाई सुचारु गरेर चलाउने मनसाय हुँदाहुँदै पनि विकल्पको बाटो भन्दा मुटभेडको स्थिति सृजना गर्न उद्योगले प्रहरी प्रशासन देखि स्थानीय नेता सम्मलाई धाकधम्की देखाई विद्युत लैजान प्रेरित देखिएकोले यो कार्य कदापि स्विकार्य हुँदैन् ।’

महोत्तरी बर्दिबास ४ गौशाला चोक भएर जंगल हुँदै रामनगर गाउँबाट पेपर मिल्सको लागि ३३ हजार केभिको विद्युत प्रसारण लाईनले वातवरणीय प्रभाव, शारिरीक जोखिम, वृक्षहरुको कटान तथा जीवजन्तु तथा वन्यजन्तुहरुमा समेत प्रतिकूल प्रभाव पर्ने भएकोले गाउँ बस्ति भन्दा परबाट विद्युत लैजान रामनगरबासीको आग्रह छ ।

ज्ञापनपत्र बुझाउँदै स्थानीय दिपेन्द्र महतोले ३३ हजार केभिको विद्युतको प्रसारण लाईनले तारमुनि घर बनाउन नपाईने, घरको नक्सा पास नहुने तथा लाईनिङ्ग क्षेत्रको जग्गा कौडिको भाउँमा परिणत हुने भएकोले गाउँलेहरुले अवरोध सृजना गरेको सुनाए । उनले भने, ‘गरिब र दुई छाक टार्न धौ–धौ पर्ने मानिसहरुलाई विस्थापित गराएर आएको विकास हामीलाई चाहिदैन । गाउँघरमा भएको घर र जग्गालाई पनि विद्युतीकरणको नाममा कौडि बनाउने सोचे कदापि पुरा हुन्न दिनौं ।’

विद्युत प्राधिकरणले बर्दिबास देखि गौशाला १ ईटाटार उद्योग सम्म बिजुली लैजान पोल गाडने कामको निरन्तरता दिएको बेलामा रामनगर बस्तीमा अवरोधका कारण पोल र तार टाँग्न सकेको छैन् । वस्ती हुँदै जाने प्रसारण लाइनले आफूहरुको स्वास्थ्यमा असर पार्ने भन्दै रामनगरका स्थानीयबासिन्दाले त्यसलाई सार्न माग गर्दै अवरोध पु¥याएको छ ।

बर्दिबास देखि उद्योग सम्म १३ किलोमिटर मध्ये १० किलोमिटरमा क्षेत्रमा काम सकिएपनि तीन किलोमिटर क्षेत्रमा अवरोध छ । अवरोधका क्षेत्रमा करिब १०० घर पर्ने हुँदा आर्थिक देखि वातावरणीय, पर्यावरण, उच्च भोल्टेजको जोखिम, तथा दृश्य प्रदुषण हुने भएकोले विद्युत प्रसारणमा अवरोध गरेको युवा बलराम सापकोटाले जनाए । उनले भने, ‘विद्युत प्राधिकरणले कसरी सम्झौता गरे, त्यो हामीलाई थाहा छैन । तर यो बस्तिबाट १३ हजार केभिको लाईन जान्न दिनौं ।’

स्वास्थ्यमा असर पर्ने भएकाले प्रसारण लाइन अन्तैबाट खोला किनार भएर लैजान वा अन्डरग्राउण्ड गरेर लैजान आग्रह गरेपनि बल प्रयोग गरेको प्रति स्थानीय नरेश कुशवाहाले आक्रोश व्यक्त गरे । उनले भने, ‘तर गुगल सर्च गरेर हेर्दा धेरै असर पर्ने थाहा पाएर त्यसैले हामीले यसलाई सार्न भनेका छौं ।’

सांसद र स्थानीय प्रशासनले निरन्तर दबाव दिइरहेको अवस्थामा रामनगर क्षेत्रका स्थानीयबासीले कुनै पनि हालतमा प्रसारण लाइन लैजान नदिने सहमति भएको युवा सुरेश महतो (रोशन) कुनै पनि हालतमा आर्थिक तथा समाजिक र भौतिक क्षति व्यहोरेर एउटा उद्योगका लागि तर तार टाँग्न नदिने विषयमा दृढ रहेको छ,’ उनले भने, ‘हाम्रो एउटै विकल्प छ यहाँबाट हटाउनुहोस् ।’


यता पूर्वमन्त्री गिरिराजमणि पोखरेलले नांगो तार टाँग्न अवरोध गरेपछि स्थानीयसँग तारलाई बेरेर वा अण्डरग्राउण्ड गरेर लैजाने विकल्पमा पनि छलफल गर्न सकिने बताए । पोखरेलले भने, ‘प्रत्यक्ष रुपमा असर नहुने भएपनि अप्रत्यक्ष रुपमा तारमुनिको जग्गा जग्गाको मुल्यांकन घट्ने, घरजग्गाको नक्सा पास नहुने, सुरक्षा जोखिम बढ्ने लगायतको समस्यालाई मध्यनजर गरेर विकल्पको बाटो खोज्नुपर्र्ने हुन्छ ।’ कुनै पनि दुर्घटना वा लाइनको खराबीले ठूला क्षति पु¥याउन सक्ने भएकोले विकल्पको रुपमा प्राधिकरण र उद्योग अघि बढनुपर्छ । नेपालवाणी डटकमसंग कुरा गर्दै पोखरेलले भने, ‘उद्योग सञ्चालन हुनुपर्छ भन्ने पक्षमा गाउँलेपनि हुनुहुन्छ, तर भवितव्य दुर्घटना र जोखिमलाई सक्दो कम गरेर विकल्पको बाटोमा अघि बढनुपर्छ ।’

२०८१ श्रावण २९, मंगलवार १६:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु