मन्दिरको विकासका लागि डीपीआर निर्माण थाल्यो
बर्दिबास, भदौं ९ गते ।
टुटेश्वरनाथ महादेव मन्दिरले त्रेताकालीन इतिहास बोकेको भएपनि गुमनाम जस्तै थियो । १० असार, २०८१ मा गौतम होटलमा आयोजित एक पत्रकार सम्मेलनमा युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोले मन्दिरको इतिहास र वर्तमान बारे कुरो उठाए । जहाँ प्रदेश सभा सदस्य सारदा देवी थापा र संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष हीरा गौतम पनि थिए । टुटेश्वरनाथ महादेव मन्दिरलाई मधेसको कैलास पर्वतको रुपमा विकास सकिन्छ भन्दै पत्रकार महतोले सबैमा अपिल गरे । लगतै असार २१ गते यस बारे द पब्लिक टुडेका सम्पादक समेत रहेका पत्रकार महतोको टिमले निर्माण गरेको भिडियो समाजिक सञ्जालदेखि मिडियामा आयो । त्यसले निकै लोकप्रियता कमाएको पाइएको छ ।
बितेको ५१ दिनमा विभिन्न व्यक्ति, पत्रकार र मिडियाको फेसबुक र फेसबुक पेज गरि १२ वटा प्रयोगकर्ताले राखेको १ सय ९ वटा भिडियोलाई कूल १६ लाख ८४ हजार ३६ जनाले मन पराएका छन् । द पब्लिक टुडे टिमले समाजिक सञ्जालमा भेटाएसम्मको भिडियोहरु बारे अध्ययन गर्दा यस्तो पाइएको पब्लिक टुडे प्रकाशन प्रा. लि. अध्यक्ष रामनारायण महतोले बताए । उनका अनुसार श्रावनी मेलामा आएका थुप्रैले भिडियो बनाएको हुन सक्ने र तर, त्यसको एकिन गर्न कठिन छ ।
बनाइएका मिडियोहरुमा टुटेश्वरनाथ महादेव मन्दिरको महिमा, इतिहास, संरक्षण, विकास, भक्तजनको अनुभव लगायत बिषयहरु समेटिएको पाइएको छ ।
बर्दिबास नगरपालिका वडा नम्बर- ५ का वडा अध्यक्ष काहारमान स्यांग्वाले यसपालिको श्रावन महिनामा २० देखि २५ लाख भक्तजनहरुले टुटेश्वरनाथ महादेव मन्दिरको अवलोकन भ्रमण, पूजापाठ गरेको बताए ।
बर्दिबास नगरपालिका अन्तर्गतको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष हीरा गौतमले टुटेश्वरनाथ महादेव मन्दिरको यसपालि जतीको प्रचारप्रसार कहिले नभएको बताए । उनले भने, ‘एकदमै प्रचार भयो । मलाई लाग्छ टुटेश्वरको प्रचारप्रसार अहिलेको जति कहिले भएको थिएन ।’
प्रेस स्वतन्त्रता सेनानी गोपाल प्रसाद बरालले टुटेश्वरनाथ महादेव मन्दिरलाई बिशेषगरी सञ्चार जगतले प्राथमिकता दिएकोमा सबै पत्रकारलाई धन्यवाद दिएका छन् ।
पत्रकार राजकरण महतोले अध्ययन र अनुसन्धान गर्दै चर्चामा ल्याएको ‘मधेसको कैलास पर्वत : टुटेश्वरनाथ महादेव मन्दिर’ भन्ने दृष्टिकोण जनमासमा चर्चा बटुल्दै स्थापित भएको बर्दिबास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष स्यांग्वाले बताए ।
‘राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा टुटेश्वरनाथ महादेवको चर्चा जनजनमा पुग्यो । बहुत चर्चा कमायो । समाजिक सञ्जाल, मिडिया, पत्रपत्रिका पुरै ततायो । मधेस प्रदेशको मुख्यमन्त्री, मन्त्री सबै आयो’, उनले भने, ‘मन्दिरको विकास, संरक्षण र सम्बद्र्धन बारे बहस सुरु भएको छ । सरोकारवालाहरुको ध्यान तानेको छ ।’ डीपीआरका लागी मन्दिर क्षेत्रको नापी भइसकेपछि सरोकारवालहरुलाई राखेर विकासको अवधारण निर्माणका लागि सुझाव लिइने उनले बताए ।
मन्दिरको विकासको आवधारण तयार गर्न डीपीआरका लागि सर्वे सुरु गरिएको बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बताए । टुटेश्वरनाथ महादेव मन्दिरको अध्ययन र अनुसन्धानका लागि पुरातात्विक विभागसंग छलफल भएको मेयर क्षेत्रीको भनाई छ । उनले भने, ‘मन्दिरको इतिहास बारे खोजीका लागि मंसीरमा पुरातात्विक विभागको टोली मन्दिरस्थलमा आउँछन् ।’
समाजिक सञ्जालमा विभिन्न व्यक्ति, मिडियाबाट टुटेश्वरनाथ महादेव मन्दिर बारे निर्माण गरेको भीडीओ बारे प्राप्त विवरण: