रामगोपालपुर (महोत्तरी), १३ भदौ । 

नेकपा माओवादीकेन्द्रले महोत्तरीको रामगोपालपुर-२ का वडाअध्यक्ष मुकेशकुमार यादवको सडक दुर्घटनामा भएको मृत्यु रहस्यपूणर् भएको बताएको छ ।

आज बिहीबार रामगोपालपुर-२ टेङरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो पार्टीका केन्द्रीय सचिब लीलामणि पोखरेलले घटना दुर्घटनातिर भन्दा नियोजित रुपमा भएका प्रकृति भेटिएको बताउँदै यसको सुक्ष्म छानविन गरिन माग गर्नुभयो । वडाध्यक्ष यादव गत आइतबार बिहान बर्दिबास जलेश्वर सडकको बर्दिबास-८ स्थित सानो पुलेसो (कल्भर्ट) तल मृत भेटिनु भएको थियो । यादव सवार भनिएको लु प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइल पुलेसो छेउमै भेटिएको हो ।

शवको र घटनास्थलको प्रकृतिले आपूmहरुलाई यो दुर्घटना नभई नियोजित रुपमा गराइएको घटनाजस्तो लागेको पोखरेलको भनाइ छ । उहाँले शव भेटिएको अघिल्लो दिन गत शनिबार यादव कोकोसँग कहाँ हुनुहुन्थ्यो ? यसको अनुसन्धानबाट घटनाको सत्यतथ्यमा पुग्न सकिने बताउनुभयो ।

शनिबार साँझ वडाअध्यक्ष यादव जिल्लाकै औरही-७ का दिलिप मण्डल र सञ्जिवकुमार झा एबं दुईजना नाम नखुलेका युवतीसहित बर्दिबास-१४ स्थित एक होटलमा सँगै खाजा खाएसम्मको घटना सार्वजनिक भएको छ । परिचय नखुलेका दुई युवतीमध्ये एक केही महिना पहिले सम्सीचोकस्थित सङ्गम होटलमा प्रहरीले छापा मार्दा अस्वभाविक गतिविधिमा केही पुरुषहरुसाथ फेला परेकी पत्रकार सम्मेलनमा सो दलका महोत्तरी इञ्चार्ज राजु खड्काले बताउनुभयो । सो होटल शनिबार यादवसँग रहेका सञ्जिवकुमार झाले सञ्चालन गरेका थिए ।

यादवसँगै रहेका झा र मण्डल तथा ती दुई युवतीको खोजी गरी उनीहरुबाट घटनाबारे सोधखोज गरिन पर्ने कार्यक्रममा माओवादीकेन्द्रका अर्का नेता भरतप्रसाद साहले माग गर्नुभयो ।

सो अवसरमा मृतक यादवकी पत्नी आइती यादव, बुबा वैदेहीशरण यादव, दाजु सत्येन्द्रप्रसाद यादव र काका सौखीलाल यादवले सम्सीचोकमा सङ्गम होटलमा प्रहरीले छापा मार्दा पक्राउ परेका झालाई छुटाउन यादवले १६ लाख दिएका र सो रकम माग गर्दा बीचबीचमा मनमुटाव बढेको बताउनुभयो । यादव पत्नी आइतीले शनिबार राती ११ बजेतिर सञ्जिवकी पत्नीले तीनै जना सँगै रहेका हुँदा चिन्ता नगर्न फोनबाट बताएकी खुलासा गर्नुभयो ।

“सञ्जिवकी पत्नीले मलाई फोन गरेर तीनै जना (यादव, दिलिप र झा) सँगै रहेका बताउनुभयो, मैले लगत्तै सञ्जिवलाई फोन गरें, उहाँले मुकेश मसँग छैन, म एक्लै छु भन्नुभयो” आइती भन्नुहुन्छ, “फेरि एक घण्टाजति पछि सञ्जिवले फोन गरेर ‘मुकेश घरतिर गइसके’ भन्नुभयो ।” पक्राउ परेका बेला सञ्जिवलाई छुटाउन दिइएको रकम मुकेशले इष्टमित्रसँग सापट लिनुभएको परिवारजनको भनाइ छ । पीडित परिवारजनले घटनामा सो १६ लाख नगदको पक्ष जोडिएको हुनसक्ने बताउँदै यसको अनुसन्धान गरिन पर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा माओवादीकेन्द्र महोत्तरीका इञ्चार्ज खड्काले घटनास्थल र शव प्रकृतिले सडक दुर्घटना रहस्यपूणर् बनेको हुँदा यसको छानविननमा राज्यपक्षले तत्परता देखाउन माग गर्दै लिखित विज्ञप्ति नै प्रसारित गर्नुभएको छ ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले घटनाबारे प्रहरीले सुक्ष्म तवरले अनुसन्धान गरीरहेको जानकारी दिनुभएको छ ।

२०८१ भाद्र १३, बिहीबार २२:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय