नेपालवाणी नेटवर्क / जनकपुरधाम
नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक यज्ञविनोद पोखरेलको खातामा अस्वभाविक प्रकरणमा एक विचौलिया सहित ११ प्रहरी कारवाहीमा परेको छ । मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको बैंक खातामा अस्वभाविक कारोबार भेटिएपछि भएको छानविनमा एक विचौलिया सहित ११ जना प्रहरीलाई हेडक्वार्टर तानिएका हुन् ।
श्रोतका अनुसार नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरको निर्देशन तथा प्रत्यक्ष निगरानीमा डीआईजी पोखरेल माथि भएको छानविनमा भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेशका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको छ ।
डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा जितेन्द्र कर्ण बचौलिया मार्फत लेनदेन गरेकोले उनलाई पक्राउ गरिएको छ । डिआईजी पोखरेलले जितेन् कर्ण नामक बिचौलिया मार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको छ ।
लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन् कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौ लगेको धनुषा प्रहरी श्रोतले जनाएको छ । यसैगरी डीआईजी पोखरेल निकटस्थ मानिने मधेशका विभिन्न ठाउँमा खटिएका १० जना प्रहरीलाई झिकाएको छ ।
छानविनका लागि प्रधान कार्यालय धनुषा जिल्ला स्थित सिमा प्रहरी चौकी दुवहीमा कार्यरत प्रहरी नायव निरिक्षक चन्प्रसाद यादव, सप्तरी स्थित मोहवा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक उपेन् प्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ हवल्दार निरज कुमार साह, जिल्ला प्रहरी कार्यालयमा कार्यरत हवल्दार बच्चेलाल यादव, कोशी प्रदेश स्थित भोजपुर बालाङ्गामा कार्यरत हवल्दार बृजेस मुखियालाई हेडक्वाटर तानिएको श्रोतको दाबी छ ।
यसैगरी हेडक्वाटर तानिनेहरुमा ईलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हवल्दार शैलेन्प्रसाद कुर्मी, जानकी प्रहरी चौकीका सहायक हवल्दार अशोक कुमार यादव, मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत सहायक हवल्दार ईश्वर अच्छामी, प्रहरी चौकी कपिलेश्वर, धनुषामा कार्यरत सहायक हवल्दार मुकुन्द शर्मा र जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत जवान सतेश लाल कायस्थ रहेको प्रहरी श्रोतको भनाई छ ।