बर्दिबास(महोत्तरी): नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसका अवसरमा विद्यालयका छात्रछात्रलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । रेडक्रस बर्दिबास उपशाखाले बर्दिबास-३ भब्सी रातमाटा भ्यागुतेस्थित राष्ट्रिय आधारभूत विद्यालयका छात्रछात्रालाई बुधबार कपी, कलमसहितका शैक्षिक तथा दन्तमञ्जन ब्रस र दन्तमञ्जनसहितका स्वास्थ्य सामग्री वितरण गरेको हो ।

विद्यालय परिसरमा आयोजित स्थापना दिवस समारोहमा रेडक्रस उपशाखा बर्दिबासका तर्फबाट बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले विद्यालयका १९८ छात्रछात्रालाई यी सामग्री प्रदान गर्नु भएको हो । सो अवसरमा विद्यालयका पाँच कक्षामाथिका छात्रा र शिक्षिकाहरुलाई मास्क, सेनिटरीप्याडसहितको हाइजेनिक किटसहितको झोला पनि प्रदान गरिएको छ ।

स्थापना दिवस समारोहका अवसरमा विद्यालयका छात्रछात्राको दाँत, आँखा परीक्षणसँगै रक्त समूह जाँच गरिएको छ । विद्यालयमा १०० छात्रा र ९८ छात्रसहित १९८ छात्रछात्रा छन् ।

समारोहमा रेडक्रसका सामाजिक कृयाकलापभित्रका परोपकारी कार्यबारे वक्ताहरुले प्रकाश पानुभयो । रेडक्रस बर्दिबास उपशाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गरेर मानवीय सेवाका क्षेत्रमा सर्‍हाहनीय काम गरेको नगरप्रमुख क्षत्रीले उल्लेख गर्नुभयो । समारोहमा सामाजिक अगुवा हर्कबहादुर तामाङ्, भब्सीस्थित आधरभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक विनोद पुलामी, बर्दिबास-३ का वडाध्यक्ष विराट विष्ट र रेडक्रस महोत्तरीका सदस्य मुकुन्दप्रसाद पौडेलसहितले रेडक्रस गतिविधिबारे प्रकाश पार्नुभयो । समारोह रेडक्रस बर्दिबास उपशाखाका सभापति रेवन्त कार्की ‘सुदीप’ को अध्यक्षतामा सम्पन्न भएको हो ।

स्थापना दिवसका अवसरमा विद्यालयका छात्रछात्राबीच नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्ने छात्रछात्रालाई नगद पुरस्कारसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

२०८१ भाद्र १९, बुधबार २२:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय