बर्दिबास, २८ भदौ ।

एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दिबासले गत आर्थिक वर्ष २०८०/०८१ मा २३ लाखमाथि नाफा गरेको छ । संस्थाको आज शुक्रबार सम्पन्न पाँचौ साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा गत आवमा २३ लाख ६२ हजार ४४ नाफा भएको उल्लेख गरिएको हो । गत आर्थिक वर्षमा भएको कूल आम्दानी र खर्चबाट यो रकम नाफा देखिएको हो ।

विक्रम सम्वत् २०७७ साल असार २३ गते त्यसअघिका साथी, जुनतारा, नमूना र शुभ समय बचत तथा ऋण सहकारी संस्था एकीकरण भइ बनेको एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दिबासका हाल तीन हजार ३९२ सेयर सदस्य छन् । यिमध्ये ३१० जना चालु आर्थिक वर्ष २०८१/०८२ मा नयाँ सदस्य बनेका हुन् । संस्थाको बर्दिबास १४ मा मुख्य कार्यालय र बर्दिबास-११ ख्यरमारामा शाखा कार्यालय सञ्चालित छ । संस्थामा पुरुषभन्दा महिला सदस्य बढी छन् ।

संस्थाको सेयर रकम एक करोड ७० लाख ६०० रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कूल ऋण लगानीमा ११ करोड ६४ लाख ७२ हजार ७७९ छ । यसैगरी कूल बचत रकम १० करोड ९२ लाख ८५ हजार १२१ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कूल दायित्व तथा सम्पति १५ करोड ३६ लाख ८६ हजार ५१४ रहेको प्रतिवेदनमा जनाइएको छ ।

साधारणसभाले अध्यक्ष उत्तमकुमार श्रेष्ठ, सचिब विनोद अधिकारी र कोषाध्यक्ष हेमबहादुर लामाबाट प्रस्तुत वार्षिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

संस्थाले बर्सेनि रक्तदान, सामुदायिक विद्यालयका छात्रछात्रालाई छात्रवृति , जेष्ठ नागरिक सम्मान र तीर्थाटनजस्ता सामाजिक कृयाकलाप गर्दै आएको छ । संस्थाले उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणी , उत्कृष्ट बाल बचतकर्ता र उत्कृष्ट कर्मचारीलाई पनि सम्मानित गरेको छ । बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षत्रीले उद्घाटन गर्नु भएको पाँचौ सधारणसभाको उद्घाटन तथा बन्द सत्र अध्यक्ष उत्तमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

संस्थाले यसै साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन गर्ने कार्यक्रम छ । यस कार्यमा निर्वाचन समितिले काम थालेको सचिब विनोद अधिकारीले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रम र परिणामबारे भोलि शनिबार बिहान सार्वजनिक गरिने कार्यक्रम छ ।

२०८१ भाद्र २८, शुक्रबार २०:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय