नेपालवाणी नेटवर्क
जनकपुरधाम / असोज ।
डा. चन्द्रकान्त (सीके) राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार लेखेको बिरुद्धमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । डा. सिके राउतको श्रीमती सोनी सिन्धु रानीलाई फोन गरी अनावश्यक तनाव दिएको विरुद्धमा काठमाण्डांै जिल्ला अदालतमा गाली बेईज्जती मुद्दा दायर गरेको हो ।
डा. सिके राउतको चरित्र हत्या गर्ने किसिमले सुनियोजित रुपमा शेयर गरेको तथा श्रीमतीलाई फोन गरेर यातना दिएको विरुद्ध वारेसद्वारा ३ वर्षको कैद माग गर्दै मुद्दा दायर गरिएको छ ।
डा. सीके राउतकी श्रीमतीलाई पटक–पटक फोन गरेर उक्साएर गलत मनसाय राखि अनाहकको कुराहरु सोधेर विक्षिप्त बनाएको तथा मानसिक यातना दिएको विरुद्धका व्यक्तिहरुलाई गाली बेईज्जती मुद्दा दायर गरेको छ ।
डा. सीके राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्ध रुपमा लेखेको रक्तमाला पब्लिकेशन्स शीर्ष खबर प्रा.लिका सम्पादक कल्पना दाहाल र समाचार लेखक सप्तरीका फतेपुर बस्ने दिनेश शर्मा विरुद्ध गाली बेजज्जती मुद्दा दर्ता गरेको हो ।
त्यसैगरी त्यस्ता भ्रामक समाचारहरु शेयर गरेर चरित्र हत्या गरे वापत सप्तरीकै श्याम कुमार यादव र पत्रकार बैद्यनाथ यादव विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । मानसिक रुपमा अस्वस्थ रहेकी र २०६९ सालदेखि नै उपचार गराइरहेकी विक्षिप्त अवस्थामा रहेको व्यक्तिलाई थप मानसिक यातना दिने उदेश्यका साग फोन गरेको फिरादपत्रमा उल्लेख छ ।
डा. सिके राउतले वारेश काठमाण्डौं महानगरपालिका १० बस्ने २४ वर्षिय सुमन न्यौपाने मार्फत काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।