नेपालवाणी नेटवर्क
जनकपुरधाम, असोज ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशकमा डा। जामुन प्रसाद सिंह नियुक्त भएका छन् । यसअघि निर्देशकको जिम्मेवारीमा रहेका डा। रामनरेश पण्डितलाई संघीय सरकारले सरुवा गरेपछि उनको रिक्त स्थानमा मधेश सरकारले डा. सिंहलाई नियुक्त गरेको हो ।
नियुक्त भएका डा. जामुन प्रसाद सिंह वरिष्ठ बाल रोग विशेषज्ञ हुन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालमा डा. सिंहलाई शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशले नियुक्त गरेको हो । वरिष्ठ बालरोग विशेषज्ञ डा. सिंह विगत दश वर्षदेखि प्रादेशिक अस्पतालमा कार्यरत्त छन् ।
डा। पण्डितलाई मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् । यसअघि रहेका निर्देशक डा. रामनरेश पण्डितको सरुवा हुँदा डेढ महिना देखि पद रिक्त थियो ।