नेपालावाणी डटकम
जनकपुरधाम, असोज ।

मधेश प्रदेश सभाको तेश्रो चालु अधिवेशन सम्पन्न भएको असोज ४ गतेबाट सम्पन्न भएको छ । मधेश प्रदेश प्रमुख कार्यालयको निमित्त सचिव शत्रुधन यादवद्वारा हस्ताक्षरित पत्रमा मधेश प्रदेशसभाको दोश्रो कार्यकालको तेश्रो अधिवेशन असोज ४ गतेबाट सम्पन्न भएको जानकारी गराएको हो ।

मधेश सरकारको असोज ४ गते बसेको मन्त्री परिषद्को बैठकबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष असोज ४ गते १२ बजे राति देखि लागू हुने गरी सिफारिस गरेकोमा भण्डारीले अधिवेशन अन्त्य भएको विज्ञप्ति मार्फत जानकारी गराएकी हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख भण्डारीले चालु तेस्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।

२०८१ आश्विन ५, शनिबार १२:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय