गोविन्द महतो / जनकपुरधाम

धनुषा प्रहरीको हिरासतबाट ९ जना फरार भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । सोमवार विहान करिब सवा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ९ जना फरार भएको जिल्ला प्रहरी कार्यालय श्रोतले जनाएको छ ।

एक हिरासत कक्षमा रहेका १० जना थुनुवा मध्ये भेन्टिलेशन फोडेर सबै निस्किएर भागेपनि १ जनालाई प्रहरीले पक्राउ गरेको श्रोतले जनाएको छ । हिरासतबाट फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्तहरु थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिट माथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएको हो । थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेको श्रोतको दाबी छ । थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचको विषयमा पनि अनुतरित्त प्रश्न उठीरहेको छ ।

थुनुवा कक्ष जस्तो संवेदनशिल स्थानमा चौबिसै घण्टा प्रहरी तथा सिसिटिभीको निगरानी रहेको स्थानमा यस्तो लापरवाही प्रहरीको लागि चूनौतीको विषय भएको नागरिक समाजका अगुवा महाशंकर ठाकुरको भनाई छ ।

थुनुवाहरुको कक्ष सम्म रडक काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौं सम्म रड काट्न समय लाग्ने भएपनि प्रहरीले सुईको सम्म नपाउनु जस्ता विषय शंकास्पद रहेको छ ।

२०८१ आश्विन ७, सोमबार ०७:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय