
बर्दिबास, ७ असोज ।
कैयन सामाजिक सङ्घसंस्था र स्थानीयतहलाईसमेत जग्गा दान गरेका दातासँग बर्दिबासमा शक्तिको रवाफले पेल्ने काम भएको छ । बर्दिबास-१३ बिजलपुरामा विद्यालय, रेडक्रस, स्वास्थ्यचौकी , बजार र वडा कार्यालयकै जग्गादातासँग नगरका निर्वाचित प्रतिनिधिले पेलाहा बाटो अप्नाएका हुन् ।
बिजलपुराका मुखियाबाजे भनेर चिनिने स्व. कृष्णप्रसाद पौडेलले रोप्नुभएको दानशीलताको क्रमलाई छोरा सुवणर् पौडेलले निरन्तरता दिदै आएका छन् । बिजलपुरास्थित रेडक्रस भवन र स्वास्थ्यचौकीलाई पाँच/पाँच कठ्ठा, जनता माध्यमिक विद्यालयलाई चार कठ्ठा र बर्दिबास-१३ को वडा कार्यालय -बिजलपुरा गाविस हुँदै गाविस कार्यालयका लागि) लाई १० धुर जग्गा मुखियाबाजेले आफ्नै जीवनकालमा दान दिएका थिए । यो सबै दानमा पितासँगै साक्षी बसेका सुवणर्ले पछि बजारलाई जग्गा साघुँरो भएपछि एक कठ्ठा १० धुर जग्गा दानको घोषणा गरेका छन् ।
अहिले जनप्रतिनिधिले बर्दिबास-१३ को वडा कार्यालयसँगैको आफ्नो जग्गामा किचलो गरेर बलपूर्वक हड्पेका सुवणर्को गुनासो छ । “हामीले त्यतिखेर गाविस कार्यालय बनाउन १० धुर जग्गा दान दिएका हौं, अहिले त्यही जग्गासँग जोडिएको मेरो जग्गा प्रतिनिधि बलपूर्वक हड्पदैछन्” सुवणर्ले सञ्चारकर्मीसँग विलौना गर्दै भनेका छन् , “सामाजिक कार्यमा उदात्त भावले सहयोग गर्ने मेरा स्वर्गीय पिताजीबाटै मैले सिकेको छु , अहिले वडा कार्यालयसँगै जोडिएको मेरो जग्गा शक्तिको रवाफले जनप्रतिनिधिले नै हड्पदैछन् ।”
वडा कार्यालयसँगै जोडिएको आफ्नो जग्गा छुट्याइ दिएर जे निर्माण कार्य गर्नुछ गर्नोस् भनेर वडाअध्यक्ष र नगरप्रमुखसँग आपूmले अनुरोध गरेको सुवणर् बताउँछन् । तर शक्तिको उन्मादमा रहेका प्रतिनिधिले आफ्नो अनुरोधको कुनै वास्ता नगरी थप संरचना निर्माण थालेका उनको गुनासो छ । जग्गा छुट्याउन नगर कार्यालय र आफ्ना अमिन प्रतिनिधिको निणर्य स्वीकार गर्ने बताउँदै सो व्यवस्था मिलाइदिन गरेको अनुरोधको सुनवाइ नभएको पौडेलले बताए ।
सुवणर्को मागलाई बिजलपुराका आम सर्वसाधारणले उचित ठानेपनि निर्वाचित प्रतिनिधिभने ‘अहिले आपूmले जे गरे पनि चल्छ’ भन्ने मनस्थितिमा देखिएका सुवणर्को भनाइ छ । आफैंले दान गरेको जग्गासँगै जोडिएको आफ्नो जग्गा छलफल र नापजाँचबाट जे ठहरिन्छ, त्यो स्वीकार गर्न आपूm तयार रहेको उनले कैयन पटक दोहोर्याएका छन् ।
“यहाँका शैक्षिक, स्वास्थ्य, सामाजिक सङ्घसंस्था, बजार र स्थानीयतहलाई जग्गा दिने दाता हुँ म, तर अहिले निर्वाचित प्रतिनिधि मेरो हुर्मत लिदैछन्” सुवणर्ले सञ्चारकर्मीसँग भने ।
“स्व. मुखियाबाजेले यी संस्थालाई जग्गामात्र दान गरेका होइनन्, बाचुञ्चेल यिनको कुशल व्यवस्थापनका लागि दिलोज्यानले लागीरहे” बिजलपुरा डाँडाटोलका एक पाका व्यक्तिले भने, “अहिले यस्तो परिवारसँग जनप्रतिनिधिले मुढेबलले होइन, छलफलले चित्त बुझाउन प्रयत्न गर्नपर्छ ।”
विद्यालय स्थापनाका प्रारम्भिक दिनमा मुखियाबाजेले शिक्षक टिकाउन आफ्नो जेजति लगाउन पथ्र्यो लगाएका डाँडाटोलबासी अझै सम्झन्छन् । मुखियाबाजेको निधनपछि सुवणर्ले स्व. पिताको स्मृतिमा ‘स्व. कृष्णप्रसाद पौडेल छात्रवृति कोष’ बनाएर एक लाख ५० हजारको अक्षयकोष जनता माध्यमिक विद्यालयलाई जिम्मा लगाएका छन् । तर बर्सेनि उत्कृष्ट विद्यार्थीलाई कोषको ब्याजबाट दिइनु पर्ने छात्रवृति वा पुरस्कार पनि पछिल्ला केही वर्षयता नदिइएको दाता परिवारको गुनासो छ ।