बर्दिबास, २६ कात्तिक । बर्दिबासका नागरिक प्रतिनिधिले बर्दिबास मेडिकल कलेज निर्माणकाे प्रकृया अघि नबढेकाे भन्दै चिन्ता व्यक्त गरेका छन् । महाेत्तरीमा भर्खरै प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारीमा आउनु भएका लालबाबु कवारीलाई बर्दिबासमा सामाजिक सङ्घसंस्था र सरकारी कार्यालयका तर्फबाट स्वागत गरिने कार्यक्रममा यहाँका नागरिक प्रतिनिधिले कलेज निर्माण प्रकृयाकाे कुरा उप्काएका हुन् ।

”सिडियाे सा’बले याेबारे कहाँबाट के कुराले प्रकृया अल्झेकाे छ ? बुझी दिन पर्‍यो” समाराेहमा बर्दिबास उद्याेग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले भन्नुभयाे, ” याे प्रकृया अघि बढेसँगै यहाँकाे विकासले नयाँ फड्काे मार्नेछ ।”

बर्दिबास मेडिकल कलेज निर्माण प्रकृया बढाउन यहाँ परियाेजना कार्यालय स्थापना भएकाे पाँच वर्ष नाघेकाे छ । तर कलेज निर्माणका पक्षकाे कुराले गति नलिदा यहाँ निरासा बढेकाे नागरिक समाजका प्रतिनिधिले नयाँ प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराएका हुन् ।

समाराेहमा बर्दिबासस्थित सरकारी कार्यालयबाट सम्पादित भइरहेका कामबारे प्रजिअ कवारीले चासाे व्यक्त गर्नुभयाे । खासगरी मालपाेत कार्यालय बर्दिबासमा बिचाैलियाकाे चलखेल बढेर सर्व साधारणले दु:ख पाएका गुनासाेबारे सम्बद्ध कार्यालय प्रमुखसँग प्रजिअ कवारी थप चासाे व्यक्त गर्नुभएकाे थियाे ।

समाराेहमा बर्दिबासस्थित एक दर्जन सरकारी कार्यालयले सेवाप्रवाहमा देखिएका समस्याबारे प्रजिअलाई अवगत गराएका छन् ।
सम्पन्न कार्यक्रममा विभिन्न समाराेहमा डिजेबाजाकाे प्रयाेग नराेकिएकाे, बजार अनुगमन नियमित हुन नसकेकाे र पसलहरुमा मूल्यसूची नहुँदा उपभाेक्ता ठगिने गरेका गुनासाे नागरिक समाजका प्रतिनिधिले गरेका छन् ।

कार्यक्रममा नागरिक समाजकाे स्वागत सम्मान ग्रहण गर्दै प्रजिअ कवारीले उच्च इच्छाशक्तिका साथ काममा रहन सम्बद्ध सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभयाे । सेवाग्राहीका कामलाई उच्च प्राथमिकता दिइ कसैकाे धम्की वा रवाफकाे प्रभावमा नपर्न कर्मचारीहरुलाई प्रजिअ कवारीले सुझाव दिनुभयाे ।

साे अवसरमा बर्दिबास मेडिकल कलेज, बर्दिबासमा विद्युत वितरण केन्द्र स्थापना र यहाँकाे पर्यटकीय सम्भावनाकाे विकासका लागि आफूले निरन्तर आवश्यक ठाउँहरुमा समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

स्वागत कार्यक्रम बर्दिकास उद्याेग वाणिज्य सङ्घका महासचिब उत्तमकुमार श्रेष्टकाे सञ्चालन र अध्यक्ष खड्काकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

२०८१ कार्तिक २६, सोमबार १८:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय