नेपालावाणी नेटवर्क
जनकपुरधाम, कार्तिक ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले धनुषाका पुराना कम्युनिष्ठ नेताहरुलाई सम्मान गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका २ मुसहरनियाँमा आयोजित एक समारोहका बीच मण्डलले पुराना कम्युनिष्ठ नेताहरुलाई सम्मान गरेको हो ।

समारोहमा बोल्दै सभामुख मण्डलले धनुषा जिल्ला कुनै बेला कम्युनिष्ठको गढ जिल्लाको रुपमा ख्याति कमाएको जिल्ला भएपनि कम्युनिष्ठहरु बीच आपसि मतभेदका कारण चिराचिरामा विभाजित भएर कमजोर भएको सुनाए । उनले भने, ‘धनुषा जिल्ला कम्युनिष्ठ नेताहरुको विरासत जिल्ला हो, तर आफैमा मतभेदको कारण सबै आफ्नै आफ्नै अडान एवं रडाकोको फाईदा अरुले उठाईरहेको छ ।’


धनुषा क्षेत्र नं. २ (ख) बाट निर्वाचित समेत रहेका सभामुख मण्डलले पर्वता, नौंसय विघा, सबैला, यदूकुहा लगायत क्षेत्रहरु कम्युनिष्ठ पार्टीको गढ भएपनि पछिल्लो दिनमा बिस्तारै भत्किदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘यही जिल्लाबाट देश परिवर्तन, दिशा परिवर्तन र संघर्षको हरेक आन्दोलन हुन्छ । विगतमा पनि भएको छ, तर यही कम्युनिष्ठहरु एकजूट छैन् । आन्दोलन गर्छ, सफलता पाउँछ । तर एकतालाई लामो समयसम्म टिकाउन सक्दैन् । त्यसैले कम्युनिष्ठहरु कमजोर हुदै गएको छ ।’


लालकिल्लाको रुपमा स्थापित रहेको धनुषा कम्युनिष्ठहरुले किसान आन्दोलन, बधुवा आन्दोलन, श्रमिक आन्दोलन जस्ता हरेक आन्दोलनको नेतृत्व लिएपनि टुटुफुट र षडयन्त्रको चंगुलमा फसेर कम्युनिष्ठहरु चिराचिरामा विभाजन हुँदा सम्पुर्ण कम्युनिष्ठ आन्दोलन नै धरमरको अवस्थामा पुगकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘जनताको विकासको लागि हामीले के गर्नुपर्छ भन्नुस् । यहाँ हरेक विकासको मुल फुटाउन म तयार छु । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सिंचाई लगायतको सेवा सुविधामा तत्पर छु । आगामी दिनमा सेवाको मौका पाए थप तत्परताका साथ अघिल्लो पंक्तिमा हुनेछ ।’

२०८१ कार्तिक २६, सोमबार २०:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय