धनुषा : अजरबैजानको बकुमा भइरहेको सिओपी २९ ग्लोबल डे अफ एक्सन २०२४ को अवसरमा शनिबार ढल्केबरमा न्यायपूर्ण जलवायु वित्तको ७ बुँदे माग गर्दै जनप्रदर्शन गरिएको हो ।
मिथिला नगरपालिकाकी उप-प्रमुख सुनिता बुढाथोकी र मधेश प्रदेश संसद हरि नारायण महतोको प्रमुख आतिथ्यता र दुइ जना जलवायु र दिगो विकास क्षेत्रका बिज्ञ अजित श्रीवास्तव र आशिष लामिछानेको बिषेश उपस्थिति तथा आयोजक कमिटीका वातावरण अधिवक्ता सचिन कुमार सिङको सभाध्यक्षमा प्रदर्सन भएको हो । मधेश प्रदेशका युवाहरू र MAC Nepal, Digo Bikas Institute, Climate Change Pioneers Madhesh ,Nepal peace building initiative, Rivers and roots, राष्ट्रिय आदिवासी जनजाति महिला संघ , मधेश आदिवासी जनजाति महिला संघ, Mithila Wildlife Trust, YASEN संस्थाहरुको आयोजनामा भएको प्रदर्शन कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानको प्राङ्गणबाट बिहान १०:३० बजे ढल्केबर-०६ ,स्थित महेन्द्र मा.विबाट ढल्केबर -०६ बजार सम्म सचेतना मूलक र्यालीको आयोजना गरिएको हो ।
जलवायु वित्तलाई ऋणको रूपमा नभएर अनुदानको रूपमा प्रदान गर्नुपर्ने, जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्ने, औद्योगिक राष्ट्रहरूले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बनाउनुपर्ने, सयममै अनुदान र विश्वसनीय हुनुपर्ने, कोषको वितरण पारदर्शी र उत्तरदायी हुनुपर्ने तथा जलवायु वित्तले समुदाय केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्ने पिछडिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्ने प्रमुख माग राख्दै जनप्रर्दशनी गरिएको थियो ।
बकुमा उपस्थित विभिन्न राष्ट्रका प्रतिनिधिहरू समक्ष हेटौंडामा आवाज पुर्याउने उद्देश्यले विभिन्न उमेर समूहका युवा र विद्यालयको प्रतिनिधिहरु, सरोकारवाला सहभागी भएका थिए ।
मिथिला नगरपालिकाकी उप-प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुनिता बुढाथोकीले जलवायु परिवर्तनले मधेस प्रदेश र ढल्केबरमा पारेका प्रभावलाई पालिकाले र प्रदेश सरकारले न्यूनीकरण गर्नका लागि प्रयास गरिरहेको बताए । कोपमा २९ मा नेपाल र विश्वभरीबाट सहभागी हुनुभएको प्रतिनिधिलाई मधेस प्रदेशको आवाज लाई सुनी न्यायोचित पहलकदमी गर्न आग्रह गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष सचिन कुमार सिङले ढल्केबरमा जस्तै अन्य १६ स्थानको सहरहरुमा जनप्रदर्शनी भएको बताए । उनले ढल्केबरमाअजरबैजान को बाकु सहर मा भैरहेको कोप २९ सम्म ढल्केबरको आवाज पुर्याउन र जलवायु न्यायका लागि उठेको आवाज सुनेर उचित सम्बोधन गर्न जनप्रदर्शन गरिएको बताए ।
र्यालीमा करिब १ सय ९० जना युवाको सहभागी रहेको थियो ।