नेपालावाणी डटकम
जनकपुरधाम, मंसिर ।

एनपीएल टिम जनकपुरधाम बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रुपमा नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई सार्वजनिक गरेको छ । सोमबार जनकपुरधाममा आयोजित एक समारोहका बीच जर्सी अनावरण कार्यक्रम मार्फत पुजालाई ‘फेस अफ द बोल्ट्स’को रुपमा चिनाइएको हो । उनलाई ‘फेस अफ द बोल्ट्स’ र नगद ५० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरेको छ ।


समारोहमा नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान महतोले आफूलाई ‘फेस अफ द बोल्टस’ बनाएर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जनकपुर टिमलाई धन्यवाद दिइन् । साथै उनले एनपीएलको पहिलो संस्करणमै मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर बोल्ट्सलाई सफलताको कामना समेत उनले गरिन् ।

पुजाको कप्तानीमा गत साता नेपाली यू १९ महिला क्रिकेट टोलीले इतिहास रच्दै आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको थियो । जनकपुर बोल्ट्सको मार्की खेलाडीमा आसिफ शेख छन् भने प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । एनपीएल आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

आजै पुजा महतोलाई उनको गृहनगर महोत्तरीको गौशालामा नगरबासीले नागरिक अभिनन्दन समेत गरेको छ । नागरिक अभिनन्दनमा स्वतःस्फूर्त रुपमा नागरिकले ठाउँठाउँमा पुजालाई सम्मान तथा मायो चिनो प्रदान गरेको थियो ।

२०८१ मंसिर ३, सोमबार २०:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय