
बर्दिबास, २५ मङ्सिर ।
महाेत्तरीकाे बर्दिबासमा ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल मानव अधिकार सङ्गठन महाेत्तरी जिल्ला समितिकाे आयोजनामा सम्पन्न कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । कार्यक्रम बर्दिबास नगरपालिकाकाे आर्थिक र नेपाल रेडक्रस साेसाइटी बर्दिबास उपशाखाकाे प्राविधिक सहयाेगमा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा सङ्गठनका जिल्ला अध्यक्ष कमला वाइवासहितका पदाधिकारी , सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र नेपाल प्रहरीका सुरक्षाकर्मीले समेत रक्तदान गरेका छन् । समाराेहमा बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महताेकाे उपस्थिति थियाे ।
रक्तदातालाई आयोजक र सहयाेगी संस्थाले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका छन् ।
प्रत्येक वर्ष अङ्ग्रेजी महिनाकाे डिसेम्बर १०तारिखका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै आइएको छ । रक्तदान मान्छेकाे जीवन बचाउने रचनात्मक काम हुँदा यसपालि याे दिवसमा रक्तदान आयोजना गरिएको सङ्गठनका जिल्ला अध्यक्ष वाइवाले बताउनुभयाे ।-