
बर्दिबास, १२ पुस ।
विद्यालयका छात्रछात्राले रेडक्रसका मानवीय सेवाका क्षेत्रमा चासाे देखाएका छन् । महाेत्तरीकाे बर्दिबास-१४ स्थित फ्लाेरेन्स एकेडेमी (माध्यमिक विद्यालय) का छात्रछात्राले आज शुक्रबार रेडक्रस बर्दिबास उपशाखा भवनकाे अवलाेकन गर्दै रेडक्रसका सामाजिक र मानवीय सेवाका कामबारे जानकारी लिएका छन् ।

एकेडेमीका प्राचार्य सन्ताेस बानियाँ र आफ्ना अन्य शिक्षकसहित रेडक्रस भवन पुगेका छात्रछात्राले अभिरुचीपूर्वक रेडक्रसका कामबारे जिज्ञासा राखेका थिए । छात्रछात्राकाे जिज्ञासामा रेडक्रस बर्दिबास उपशाखाका सभापति रेवन्त कार्की ‘सुदीप’ ले रेडक्रसकाे परिचयसहित मानवीय सेवाका क्षेत्रमा यसले गर्ने कामबारे छात्रछात्रासँग अन्तर्कृया गर्नुभएकाे थियाे ।
अवलाेकन भ्रमणमा रेडक्रस भवन पुगेका छात्रछात्राले रेडक्रस भवनमा सञ्चालित रक्तसञ्चार केन्द्रबारे अभिरुचीपूर्वक अवलाेकन र जिज्ञासा राखेका छन् । यस अवसरमा छात्रछात्राले रेडक्रसकाे विपद प्रतिकार्य याेजनाबारे छलफल गरेका थिए ।
रेडक्रस भवनकाे अवलाेकनबाट मानवीय सेवामा समर्पित सामाजिक संस्था रेडक्रसबारे निकै जानकारी हासिल भएकाे छात्रा अमिशा साहले बताउनुभयाे ।
”रेडक्रसका काम त अत्यन्त मानवीय सेवामा समर्पित पाे रहेछन्” साहले भन्नुभयाे, ”याे रेडक्रस उपशाखाकाे अवलाेकन भ्रमणबाट हामीले निकै जानकारी पाएका छाै ।” पढेर देश सेवा गर्ने आफूहरुको अभिष्ठमा अब रेडक्रससँगकाे नाता जाेडिने छात्रछात्राकाे प्रतिकृया थियाे ।
रेडक्रसबारे छात्रछात्राकाे गहिराे अभिरुचीले अबकाे पुस्ता मानवीय सेवामा समर्पित हुने आशा भराेसा अझ बढेकाे रेडक्रस उपशाखा सभापति कार्कीकाे प्रतिकृया छ ।



२०८१ पुष १२, शुक्रबार १९:१३मा प्रकाशित