नेपालावाणी नेटवर्क
जनकपुरधाम, पुस ।

वौआ हनुमान मन्दिर रामानन्द चोकको निर्माण कार्यमा सहयोग गरेका व्यक्तिहरुको नामावली सार्वजनिक गरिएको छ । जनकपुरधाम स्थित अग्नि कुण्ड मातहत रहेको सुन्दर सदन अन्तर्गतको रामानन्द चोक स्थित वौआ हनुमान मन्दिरको निर्माण लागतमा भएका खर्चको विवरण र सहयोगी दाताहरुको नाम सार्वजनिक गरिएको हो ।

सुन्दरसदनका महन्त नवलकिशोर शरणले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत वौआ हनुमान मन्दिरमा सहयोगी दाताहरुको नाम सार्वजनिक गर्दै थप सहयोगको अपिल गरेको छ । सहयोग गर्नेहरुमा भंगहा नगरपालिकाका मेयर संजीवकुमार साह १ लाख १ हजार, हनुमान अराधना मंडल जनकपुरधाम शाखा नं. १९९० दोहाकतारबाट १ लाख ७ हजार, अन्नपूर्णा होटल जिरोमाइलको तर्फबाट मुन्ना साहले १ लाख ५ हजार, भारतको विहार राज्य अन्तर्गत जयनगर शहीदचौकका कृष्णा राय १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेको हो ।

पहिलो चरणको नामावली अनुसार महोत्तरीको सोनामा गाउँपालिका मगरथानाका संजीव कुमार यादवले १ लाख १ हजार, नमस्ते टेडर्स जनकपुरका सञ्चालक बजरंग यादवबाट १लाख १ हजार रुपैयाँ, हिन्दु सम्राट सेना नेपाल १९ हजार सिरहा कर्जन्हाका कुशेश्वर महतोको तर्फबाट १ लाख ५१ हजार र महोत्तरीको सोनामा गाउँपालिका ५ खैरबन्नीका गणेश राय यादवले १ लाख १ हजार रुपौयँ सहयोग प्रदान गरेको हो ।

यसैगरी दोश्रो चरणको सहयोग गर्नेहरुमा महोत्तरी भंगहा नगरपालिका ९ अजगेवा तथा महालक्ष्मी आइरन स्टोर्सका सञ्चालक अरुण कुमार यादवले १ लाख १ हजार सहयोग गरेका छन् । यसैगरी महोत्तरी तपनपुरका स्थायी बासिन्दा हाल दोहा कतारमा रहेका समसुल आलमले कतार १८ हजार ५ सय ३७, लालबाबु कवारीले एक हजार ८ सय ५०, कपिलदेव यादवले ३ हजार ७ सय ३७, नथुनी साहबाट ३ हजार ७ सय सहयोग प्राप्त भएको छ ।

धनुषा सरसा स्थायी घर भई हाल कतारमा बस्दै आएका सरोज यादवको तर्फबाट ३ हजार ७ सय महोत्तरी मधेपुराका सुबोध यादवको तर्फबाट ९ हजार २ सय ८७, धनुषाको ठिल्ला भठिहन स्थायी घर भएका मुस्तकिम राईनबाट १ हजार ८ सय ५० र महोत्तरी जिल्ला मधेपुरा घर भई कतारमा रहदै आएको दयाराम महतोको तर्फबाट ९ सय २५ रुपैयाँ सहयोग भएको महन्त नवल किशोर शरणले जानकारी दिए ।

२०८१ पुष १६, मंगलवार १६:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय