काठमाडौं: महोत्तरीसहित देशभरीको पत्रकारिता क्षेत्रको विकासका लागि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य राजकरण महतोले ध्यानार्षण गराएका छन् ।
मंगलबार काठमाडौंको संचारग्रामस्थित काउन्सिलको कार्यालय पुगेर उनले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि अनुरोध गरेका थिए ।
पत्रकार अचारसंहिता बारे नयाँ पुस्ताका पत्रकारहरुलाई जानकारी दिन देशैभरी कार्यशाला संचालन गर्न कान्सिलका अध्यक्ष बस्नेतसंग केन्द्रीय सदस्य महतोले माग गरेका छन् । जानकारी अभावले मर्यादित पत्रकारिता पेशामाथि प्रश्न उठ्ने गरेकोले कान्सिलले संचार माध्यमको अनुगमनसंगै त्यहाँ कार्यरत पत्रकारहरुलाई तालिमका माध्यबाट कानूनी जानकारी दिन आग्रह गरेका थिए ।
अध्यक्ष बस्नेतले महोत्तरीसहित छिट्टै देशैभरी पत्रकारहरुलाई अचारसंहिता बारे जानकारी दिन नेपाल पत्रकार महासंघ र स्थानीय सरकारसंग समन्वय गर्दै पत्रकारिता क्षेत्रका विज्ञबाट तालिम चलाउने विश्वास दिलाएका थिए । भेटघाटमा नेपाल पत्रकार महासंघका अर्का केन्द्रीय सदस्य भरत जर्घा मगर पनि सहभागी थिए ।