नेपालवाणी डटकम
जनकपुरधाम / माघ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्षमा डा. रामनरेश पन्डितले पदभार ग्रहण गरेका छन् । स्त्रीरोग विशेषज्ञ डा. रामनरेश पण्डितले पदभार ग्रहण गरेका हुन् ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. अङ्कुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवं मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले नियुक्त गरेको हो ।
चिकित्सा शास्त्रमा स्नातकोत्तर गरेका डा. पण्डित स्त्रीरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त चिकित्सक हुन् । नवनियुक्त शिक्षाध्यक्ष डा. पण्डित प्रतिष्ठानमा पुगेर पदभार ग्रहण गरेका हुन ।
प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक समेत भएर काम गरेका नवनियुक्त शिक्षाध्यक्ष डा. पण्डितको कार्यकाल ५ वर्षको रहने भएको छ ।
विगत लामो समयदेखि उक्त पद रिक्त भएका कारणले प्रतिष्ठानको शैक्षिक गतिविधि बढाउनमा कठिनाइ भएका थिए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबिबिएस पढाई हुनुका साथै यस भन्दा अगाडी नै चिकित्सा विज्ञानका विभिन्न ४ विषयमा स्नातक तथा केही विषयमा स्नातकोत्तरको पठन पाठन भइरहेका छ ।