बर्दिबास (महोत्तरी) , १६ माघ ।
नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले नयाँ नेतृत्व छानेको छ । उपशाखाको आज बुधबार सम्पन्न १० औं साधारणसभा तथा चौथो अधिवेसनले भुवन खड्का नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ निर्वाचित कार्यसमितिमा देवकुमारी पौडेल, टिकाबहादुर बस्नेत, दानबहादुर थापा, किशोर भट्टराई र सुनिलकुमार यादव क्रमशः उपसभापति, सचिब, कोषाध्यक्ष, उपकोषाध्यक्ष र उपसचिब छानिनु भएको छ । यसैगरी नवनिर्वाचित कार्यसमितिमा रवि निरौला, विप्लव अधिकारी, सुमित्रा भट्टराई, इन्द्रप्रसाद ढुङ्गेल र उषा ढकाल सदस्य हुनुहुन्छ ।
रेडक्रस बर्दिबास उपशाखा जिल्लामा मानवीय सेवाका क्षेत्रमा उत्कृष्ट सामाजिक संस्थाका रुपमा सम्मानित संस्था हो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पूर्वमन्त्री एबं नेकपा माओवादीकेन्द्रका उपमहासचिब गिरिराजमणि पोखरेल, बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षत्री र रेडक्रस महोत्तरी शाखाका प्रतिनिधिले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
रेडक्रस बर्दिबास उपशाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ । यस केन्द्रबाट मधेशका जिल्लाहरुसँगै सिन्धुली र चितवनका अस्पतालमा उपचाररत बिरामीले रक्तसेवा पाउँदै आएका छन् । १० औं साधारणसभा तथा चौथो अधिवेसन उपशाखाका निवर्तमान सभापति रेवन्त कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।