
नेपालावाणी डटकम
जनकपुरधाम, माघ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपालकी महिला क्रिकेट टोलीकी अलराउन्डर पूजा महतोले शानदारअधैशतक प्रहार गरेकी छिन् । दोस्रो टी–२० मा आफ्नो शानदार प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेकी हुन् ।
बुधबारको खेलमा पूजाले नेदरल्यान्ड्स विरूद्ध नटआउट ६२ रन जोडेकी छन् । उनले ५१ बलमा ५ चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरिन् । यससँगै उनले एक वर्षअघि माल्दिभ्स विरूद्ध बनाएको ५९ रनको अर्धशतकको स्मृति ताजै राखेकी छन् ।
नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि १४५ रन बनायो । पूजा महतोको महत्वपूर्ण योगदानसँगै नेपालका कप्तान इन्दू बर्माले ३९ रन र रुबिना क्षेत्रीले २० रनको योगदान दिए ।
नेदरल्यान्ड्सका बलर आइरिस विलिङले दुई विकेट लिइन् भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिएकी छन् । नेपालको प्रदर्शन यस अघि केहि कष्टकर रहेको थियो ।
उनीहरूले नेदरल्यान्ड्स र थाइल्यान्ड्स विरूद्धका चार खेलमा पराजय भोगेका थिए । तथापि, यस पटक नेपालले बेमिसाल प्रदर्शन गर्दै जित निकाल्न सफल भएको छ ।