गोविन्द महतो, 
जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा कानून विपरित सञ्चालित अवैद्य चार अस्पतालले मुख्यमन्त्रीलाई साँचो बुझाएको छ । स्थानीय निकाय तथा प्रदेश सरकारमा दर्ता नभएका, नियमित नविकरण नभएका, नियमित प्रक्रिया पुरा नगरेका तथा कानूनी प्रक्रिया नगरेका जनकपुरधाम चारवटा अवैद्य नीजि अस्पतालले मुख्यमन्त्रीलाई अस्पताल बन्द गरी साँचो बुझाएको हो ।

मुख्यमन्त्रीले सिंह शनिवार एक विहानै देखि थालेको अनुगमनमा २० वटा अस्पताल अनुगमन गरेकोमा १९ वटाले नियमित कानूनी प्रक्रिया नपुर्‍याएको पाईएपछि अस्पतालमा भएका विरामीलाई तत्काल सिफट गरी २४ घण्टा भित्र ताला लगाउन निर्देशन दिएको थियो । मुख्यमन्त्रीको निर्देशनपछि अवैद्यानिक रुपमा सञ्चालित अस्पतालहरुले विरामीको उपचारात्मक व्यवस्था गरी ताला लगाएर मुख्यमन्त्री कार्यालयमा साँचो लगाएको हो । ताला लगाएर समाचार तयार पारुन्जेल सम्म जनकपुर सिता हस्पिटल, मुस्कान अस्पताल प्रालि, अरमान हस्पिटल प्रालि र बिएन हस्पिटल एण्ड रिसर्च सेन्टरले साँचो मुख्यमन्त्री कार्यालयमा बुझाएको छ ।

शनिवार विहानै देखि मुख्यमन्त्री सतिष कुमार सिंहले प्रमुख सचिव मदन भुजेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. राजिव मिश्रा, डा. सन्तोष ठाकुर लगायतको टोलीले जनकपुरधाम उप–महानगरपालिका भित्रका २० अस्पतालको अनुगमन तथा कागजात चेकजाँच गरेका थिए । जसमध्ये जीवन ज्योति हस्पिटल एण्ड रिसर्च सेन्टर, बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुर ग्राण्डी हस्पिटल प्रा.लि., साइन मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, राम मेमोरियल हस्पिटल प्रा.लि., समर हस्पिटल अवैद्य रुपमा सञ्चालित रहेको पाईएको थियो ।

यसैगरी केयर मेडिकल सेन्टर, नेपाल अपोलो हस्पिटल, मिथिला केयर क्लिनिक, जनकपुर मोर्डन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, माँ गायत्री मेमोरियल हस्पिटल प्रालि, स्वतिका हेल्थ केयर अस्पताल प्रालि. लाईफ केयर एण्ड रिसर्च सेन्टर प्रालि. ओम दिर्घायु हस्पिटल हस्पिटल प्रालि, अरमान हस्पिटल, नैनाँ हस्पिटल र मिहिला इन्टरनेशनल हस्पिटल लगायतका निजी अस्पतालहरु सरकारी मापदण्डलाई वेवास्ता गरेको भेटिएको थियो ।

जनकपुधामको एक नीजि अस्पतालको लापरवाहीले पित्तथैलीको अप्रशेन गरेको एक विरामीको २० दिन सम्म होस् नआएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंह शनिबार बिहानै देखि निजी अस्पतालको अनुगमन गरेको थियो । मुख्यमन्त्री सिंहको नेतृत्वमा रहेको टोलीले जनकपुरधामको २० निजी अस्पतालहरुको अनुगमन गर्दा १९ वटा अस्पताल कानूनी रुपले अवैध रुपमा सञ्चालनमा रहेको पाइएको छ ।

मुख्यमन्त्री सिंहले अधिकांश अस्पतालहरु दर्ता नगरी सञ्चालित रहेको र केही अस्पतालले वर्षौसम्म नवीकरण नगरेको भेटिट्टएको पाईएपछि सरकारलाई साँचो बुझाउन निर्देशन दिएको थियो । स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालहरुले कानूनी मापदण्ड पूरा नगरेको र जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको पाइएकोले कानूनी प्रक्रिया पुरा गरेर मात्र अस्पताल सञ्चालनको निर्देशन दिएको थियो । मुख्यममन्त्री सिंहले अन्नपूर्णसंग कुरा गर्दै भने, ‘सिएमए र अनमीको भरमा अस्पताल सञ्चालन गरेको पाईएको छ । अस्पताल भनेको छ तर मेडिकल अफिसर पनि भेटिएन । कसरी अस्पताल सञ्चालन गरेको होला ? जनताको प्रत्यक्ष सरोकारसंग जोडिएको स्वास्थ्य क्षेत्रमा यति व्यथिति देखिनु अत्यन्त दुःखदायी अवस्था छ ।’

२०८१ माघ २७, आईतवार २१:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय