माघ १ गते तिला संक्राति भएकोले म घर मै थिए । त्यहि बेला तपाईलाई भेट्न भनेर तपाईको घर आएको कमलेश सुनायो ।
मलाई अचम्म पनि लाग्यो । म घर आएको कसरी कमलेशलाई थाहा भयो । एक दिन अगाडि नै घर आएको थिए ।
अहँ ! कलमेश बधाई छ तिमिलाई ।
धन्यवाद दाई, यहि खुशी साँटन भनेर तपाईलाई निमन्त्रणा गर्न आएको छु । आज दिउँसो ठाउँको नाम बताउँदै आउनु होला है ।
ये पार्टी छ? मैले मागेको छैन त । हाँस्दै जवाफ दिए ।
कसैले मागेको छैन दाई । अथक, प्रयास पछि खुशी भएको छु । त्यहि खुशी साँटन् भनेर भेटौन् है भन्दै उ आफ्‌नो घर तिर लाग्यो ।
म केहि बेर पछि कमलेशले बोलाएको ठाउँ तिर लागे ।
गफ गर्दै गर्दा थाह पाए ।
१ वर्ष भित्रमा ५ ठाउँमा समान पदमा नाम निकालेको रहेछ । कोशी प्रदेश ५ औं ((२०७९/८०) सिफारिस, विद्युत प्राधिकरण ४ औं (२०७९/८०) सिफारिस, संघीय सुब्बा २०७९/८० मा १ नं वैकल्पिक, मधेश प्रदेश ५ पाँचौं (अन्तरवार्ता बाँकी) (२०७९/८०) र हाल संघीय सुब्बा २०८०/८१ प्रशासनमा सिफारिस भएका रहेछ ।
महेन्द्र राजमार्गबाट दक्षिण पर्ने मधेश प्रदेशका धनुषा जिल्लाको बटेश्वर गाउँपालिका पछिल्लो समय सरकारी सेवामा प्रवेश गर्ने गाउँपालिका रुपमा चर्चा पाएको हो । बटेश्वर वडा ०३ मा घर भएको कमलेश कुमार महतो पुरा नाम हो ।
सामान्य परिवारमा जन्मेको कमलेशलाई म पहिले देखि नै चिन्थे । सानै देखि मेहिनेति, लगनशिल र पढाईमा अबल थिए । घरका परिस्थिति उसलाई थाहा थियो र जिम्मेवारीको बुझाई पनि थियो ।
घरको अवस्थाले पनि के पढ्नु पर्छ त्यसको निर्क्यौल गर्ने रहेछ । डाक्टर, ईन्जिनियर वा बाहिर गएर पढ्ने मन भए पनि नहुने रहेछ । कमलेशलाई यो थियो कि मेहिनेत गरेर गरियो भने सफल अवश्य भईन्छ । यसको लागि अरु केहि चाहिदैन ।
सरकारी सेवामा लाग्यो भने घरको जिम्मेवारी सजिलै बहन गर्न सकिन्छ साथै, सफलताको पाईला पनि अगाडि बढ्छ भने उसलाई भान थियो । घर वरिपरिका केहि युवाहरु प्नि सरकारी सेवामा प्रवेश गर्ने सँख्या बढिरहेको बेला लोकसेवा तयारी गर्ने जर्म्को लिएर काठमाडौँ प्रवेश गर्यो ।
पढ्न्तेको शहर भन्नेर चिनिने काठमाडौँ जिल्लाको कीर्तिपुर शहरमा डेरा लिई पढाई सुरु गर्दै गर्दा पढ्न सजिलो थिएन् । आिर्थक अवस्था नाजुक रहेको परिवारमा दिकमसिकम दिनँहु पढिन छोडिएन ।
शनिवारको दिन हुने लोकसेवा अभ्यास परिक्षामा सहभागि भईरहन्थ्यो । विस्तारै–विस्तारै अभ्यास परिक्षामा राम्रो हुदँै गए पछि मनमा उत्साह र पढाईमा अझै कसिएर लाग्न पनि उत्प्ररित हुने गर्थ्यो । अभ्यास परिक्षामा ‘मार्क’ सहित ‘फिडब्याक’ आउने रहेछ र गरिएको त्रुटिहरुलाई सुधार्न मौका पाईन्थ्यो ।
उसले विगत कुरा सम्झिदै गर्दा मन मलिन भएको उसको अनुहारमा प्रष्ट देखिन्थ्यो ।
लोकसेवामा मात्रै हैन कुनै काम गर्नका लागि लिएको उदेश्य प्रति दृढ भएर मेहनत गरिरह्यो भने सफलता पाईन्छ भने उसको बुझाई छ ।
सुब्बाको पाठ्यक्रम मजाले तयारी भयो भने त्यस स्तरका र त्यस भन्दा तल स्तरका पास गर्न खासै गाह्रो हुदैन तर निरन्तर पढाई चाहि हुनुपर्दो रहेछ । विद्युत प्राधिकरण ४ औं (२०७९/०८०) सिफारिस हुँदा जम्मा १५ दिन जति पढेको अनुभव सुनायो । अगाडि पढेको पढाईले साथ दिने रहेछ । अर्थात एक पल्ट गरिएको मेहनत अरु बेला पनि काम लाग्दछ ।
दिनरात कडा रुपमा तयारी गरे पनि नाम नआउँदा एक्लै बसेर रुन मन लाग्थ्यो । कसलाई सुनाउ, अरुलाई सुनायो भने मजाक नै बनाउँला । र अरुले के नै गर्छ । डिप्रसन जस्तै हुन्थ्यो तै पनि हरेस खादिन्थे । पुनः पढ्न सुरु गर्थे र गरिको गल्तिको समिक्षा गर्दै अगाडिको लागि तयारी गर्थे । एकै साँसमा कमलेशले सुनायो ।
केहि लोकसेवामा परिक्षामा नाम नआए पनि, पहिलो पल्ट कोशि प्रदेशमा सुब्बा स्तरमा नाम आउँदा खुशी भएर नियुक्ति लिन पाउँदै गर्दा विधुत् प्राधिकरणमा पनि नाम आयो । कुनै एउटामा सफल भयो भने अरु ठाउँमा पनि नाम आउन थाल्छ । अmभै मेहनत गर्न उत्प्ररित मनमा हुने रहेछ । यसले पढाई पुगेको छ भने पनि लाग्छ ।
तलब स्केल सम्मान भए पनि सेवासुविधा बढि संस्थान अर्थात विधुत् प्राधिकरणहरु जस्तामा हुन्छ । त्यस पछि संघीय सरकार र प्रदेश सरकारमा सेवासुविधा हुने गर्दछ । कमलेशको प्राथमिकतामा संघीय सरकारबाट पास हुने थियो । जुन सफल भएर बर्दिया जिल्लाको मालपोत कार्यलयमा कार्यरत छ । संघीय सरकारबाट लोकसेवा परिक्षामा नाम आयो भने देशको जुनसुकै ठाउँमा काम गर्न सक्निे रहेछ ।
लोकसेवा कसरी तयारी गर्नुपर्छ बुझ्‌न खोज्दा यसले सुनायो ।
पहिलो, साँच्चै नै लोकसेवा पढ्ने नै हो भने निरन्तर पढनु पर्छ । ‘टाँर्गेट सेट’ गरि पढिरहनु पर्छ । पाठ्यक्रम अनुसारको पढाईले सफल हुन्छ । बिच–बिचमा पढाई छोड्न पनि मन लाग्छ । पढ्नका लागि जुनुन्न भयो भने असम्भव हुदैन् ।
दोस्रो, काठमाडौँको विभिन्न ठाउँमा हुने लोकसेवा अभ्यास परिक्षामा हुने झै हुन्छ । त्यहि भएर त्यो परिक्षाहरुमा सहभागि भईरहनु पर्छ । अभ्यास परिक्षामा ‘मार्क’ सहित सुधार्नु पर्ने कुराहरु पनि बताउने हुनाले त्यसले गरिएका गल्ति सुधार्न सजिलो हुन्छ ।
तेस्रो, अभ्यास परिक्षामा दिएको सुझावहरुलाई सुधार्दै पढिरहनु पर्छ । अनि पुनः अभ्यास परिक्षामा सहभागि हुनुपर्छ । यसले आफ्‌नो क्षमता पनि थाहा हुन्छ र थप के गर्नु पर्छ रणनीति बनाउन पनि मदत गर्छ ।
चौथो, उदेश्यले लिएर पढ्न सुरु गरे पछि थोरै पढे पनि सधै पढ्नु पर्छ । नियमित पढाईले झन मदत गर्छ । नाम आए भने गरिको गल्तिको समिक्षा गरि अनि पढि रहनु पर्छ । मन खिन्न भए पनि बलियो भएर मेहनत गर्नु पर्छ ।
मेहनत गर्न कसैले रोक्न सक्दैन् । त्यसलै लिएको उदेश्य अनुसार मेहनत गरियो भने लोकसेवामा नाम निकाल्न सहज त छैन तर असम्भव पनि छैन ।
मिति २०८१ माघ २० गते सेतोपाटीमा आएको समाचार “ सन् २०२३ मा साढे १६ लाख नेपाली विदेश पुगे, १३ लाख फर्के” अर्थात विदेशिने युवाहरुको सँख्या बढिरहेको अवस्था कमलेश जस्ताले केहि युवाहरुको आशा जागाएको पक्कै छ ।
युवाहरु अवसरको लागि जहाँ पनि जान सक्छ । कोई विदेश जान्छ भने कोई देश मै केहि गर्न कोशिस गर्छ तर केहि न केहि गर्छ । लोकसेवा अवसरका लागि राम्रो ‘प्लेटफर्म’ हो । युवाहरुको पहिलो प्राथमिकता हुनुपर्छ ।
समाज र देशका सेवा गर्नका लागि लोकसेवा पास गर्ने युवाहरुलाई सम्मान गरिनु पर्छ । यसले अन्य युवाहरु पनि प्रोत्सीत हुन्छ । अवसर मात्रै भएर हुदैन अवसरको सम्मान गर्ने वातावरण पनि हुनुपर्छ ।

२०८१ माघ २९, मंगलवार २२:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय