![](https://nepalvani.com/wp-content/uploads/2025/02/rajkaran_mahato.jpg)
काठमाडौं : श्रमजीवी पत्रकारदेखि चुरे तथा वातावरण संरक्षणका लागि नेपाल पत्रकार महासंघले सशक्त आवाज उठाउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य राजकरण महतोले ३२ बुँदे लिखित सुझाव पेश गरेका छन् । काभ्रेपलाञ्चोकमा आयोजना गरिएको महासंघ केन्द्रीय कार्यसमितिको कार्यमूलक बैठकमा पत्रकारहरूका नेता महतोले उक्त सुझाब पेश गरेका हुन् ।
बैठकमा अध्यक्ष निर्माला शर्माले तीन वर्षे कार्यनीति, महासचिव राम प्रसाद दाहालले संगठनात्मक कार्ययोजना र कोषाध्यक्ष रामकृष्ण अधिकारीले आर्थिक कार्ययोजना सम्बन्धी प्रस्ताव पेश गरेका थिए । पेश गरिएको प्रस्तावहरूमाथि केन्द्रीय सदस्य महतोले नेपाली पत्रकारिता, श्रमजीवी पत्रकार र मिडियाहरूलाई प्रभावकारी बनाउनका लागि ३२ बुँदे प्रस्ताब पेश गरेका हुन् । पत्रकारका नेता महतोले पेश गरेका सुझावमा बोल्दै केन्द्रीय अध्यक्ष शर्माले आफ्नो पत्रकार महासंघको तीन वर्षे नीतिमा पेश गर्दै कार्ययोजनातह कार्यान्वर्यन गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
यस्तो छ केन्द्रीय सदस्य राजकरण महतोले बैठकमा पेश गरेको ३२ बुँदे सुझाव :
अध्यक्षज्यु, महासचिवज्यु, र कोषाध्यक्षज्युले बैठकमा पेश गर्नु भएको एजेण्डा र नीति गज्जवको मात्र होइन समायानुकुल, वस्तुनिष्ठ, ओजपुर्ण रहेको छ । यतिखेर मिडिया उधोग इतिहासकै गम्भीर मिडिया पुगेको छ । मिडियामा काम गर्ने पत्रकारहरूको श्रम सम्बन्धी समस्या महामारीझै बढदै गएको छ । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पेशागत असुरक्षा बढ्दै गएको छ । सरकारी तथा गैर सरकारी स्तरबाट प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा र पत्रकारहरूको व्यतिmगत जीवनमाथि गम्भीर हस्तक्षेप, प्रहार, धाकधम्की र कुटपीट मात्रै होइन पत्रकारको हत्यासम्मको घटनाहरू भइरहेको छ । कहिलेसम्म यस्तो पीडादायी र त्रस्तीपुर्ण अवस्था मिडिया र पत्रकारहरूले सहि रहने हो ? नेतृत्वले उत्तर कसरी दिने ? सच्निे बेला भएको छैन र ?
नेपाली पत्रकारहरूको साँझा संस्था नेपाल पत्रकार महासंघको इतिहास भ्रमपुर्ण र विवादीत बनाइएको छ । स्वच्छ, निष्पक्ष, बनाउन अति जरुरी छ । नेपाली पत्रकारीतालाई यतिखेर १०३ डिग्री ज्वरो आएको छ । नेपालीपनको बिचारमा बिष मिसिएको छ । अब नेपाली मिडिया र पत्रकारको गन्तव्य कता ? कस्तो ? के ? कसरी ? कुहिरोको काग जस्तै बनिरहेको छ । समाजिक संजाललाई नै मिडियामा ठान्ने, बुझ्ने भ्रम पाठकमा पारिएको छ । । जुन मिडियाका लागि इतिहासकै संकटपूर्ण अवस्था हो । यसलाई नेतृत्वले अध्ययन र अनुसन्धान मार्फत अवश्यक निर्णय लिन जरुरी छ । निर्मला शर्माज्युको नेतृत्वसंग जनता, श्रमजीवी पत्रकार, आम मिडियाकर्मीले ठूलो अपैषा र आशा गरेको छ । नागरिक संस्थाको अन्य संविधान कार्यान्वन, वातावरणका सवालमा पनि हामी गम्भीर हुनुपर्छ । पत्रकार र मिडियालाई यसको सारथी बनाउनु पर्छ । हामीले माघ २८ र २९ गते कार्यमुलक बैठकमा यी र यस्ता बिषयमा गम्भीर छलफल गरेका थियौं ।
![](https://nepalvani.com/wp-content/uploads/2025/02/476433885_2718650878326229_1749684950059950583_n.jpg)
नेपाली पत्रकारीता गम्भीर मोडमा छ भन्दै डर मान्नुपर्ने र पेशालाई नै परिवर्तन गर्नुपर्ने डरले त्रसित पत्रकार र मिडिया मालिक छन् । हामीले चुनौती संगै अवसर पनि हुन्छ । यसलाई हामीले बुझ्न र बुझाउन जरुरी छ । आधुनिक नेपाली पत्रकारीताले अबको गन्तव्य बारे कार्ययोजना माग गरेको छ । यसको सफल कार्यान्वयन भएमा फेरि मिडिया जगतले फड्को मार्नेमा दुई मत छैन ।
बैठकमा पेश गरिएका पेशागत, समाजिक, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रभाव पार्ने सुझावहरू निम्न छन् :
१.संविधान कार्यान्वयन, संशोधन, संघीयताको रक्षा, ऐन निर्माणका लागि राष्ट्रिय मिडिया अभियान संचालन गर्नुपर्ने ।
२. चुरे, पहाड, हिमाल, माटो, वातावरण र पर्यावरण संरक्षण र प्रवद्र्घनका लागि मिडिया क्याम्पियन महाअभियान संचालन गर्नुपर्ने ।
३. भ्रष्टाचारविरुद्घको राष्ट्रिय जागरण अभियान संचालन गर्नुपर्ने ।
४. २०६३ साल असार २ गते ट्रयाकटर दुर्घटनामा ज्यान गुमाएका महोत्तरीको जलेश्वरका स्वर्गीय पत्रकार काञ्चन भण्डारीका परिवारलाई महासंघबाट राहत दिएको छैन । तुरन्त पीडित परिवारलाई रहत रकम कल्याकारी कोषबाट महासंघले अभिलम्व उपलब्ध गराउनुपर्ने । साथै स्वः कञ्चन भण्डारी स्मृती युवा पत्रकारीत पुरस्कार स्थापना गर्नुपर्ने ।
५. श्रमजीवी पत्रकारका मुद्दालाई सशक्त उठान, कार्यान्वयन र व्यवहारमा उतार्नका लागि तुरन्त काम थाल्नुपर्ने ।
६. नामधारी पत्रकारको समस्या समाधान गर्न मासिक रूपमा समाचार लेख्नका लागि मापदण्ड बनाएर लागु गर्नुपर्ने ।
७. परिक्षा लिएर मात्र महासंघको सदस्यता दिनुपर्ने । गैरपत्रकारलाई शुद्घिकरण मार्फत ससम्मान बिदाइ गर्नुपर्ने ।
८. जिल्ला, प्रदेश र संघको अधिकार क्षेत्रको कार्यान्वयन, सम्मान र समन्वयलाई विधि, पद्दतिमा अगाडी बढाउनु पर्ने ।
९. संघको नेतृत्वले पदाधिकारीसंग, विभागसंग, संघले जिल्ला र प्रदेशसंग नीति र विधिमा केन्द्रीत भएर कार्य सम्पादन सम्झौत गर्नुपर्ने र त्यसलाई कडाइका साथ लागु गर्नुपर्ने ।
१०. संगठनलाई नीति र विधिमा लैजानका लागि संगठन संरचनासंग कार्य योजनालाई जोड्नुपर्छ । त्यसमा लागि प्रदेश, एसोसिएट र जिल्ला शाखालाई पनि आवद्ध गराउनु पर्छ ।
११. देशभरीका पत्रकारहरूलाई निशुल्क पत्रकारीता अध्ययनका लागि सरकारसंग समन्वय गरेर पहल गर्नु पर्ने ।
१२. स्ट्रीन्जरलाई निश्चित समयपछि स्थायी बनाउनुपर्ने ।
१३. पत्रकार महासंघको निर्वाचन प्रणलीलाई आधुनिक, प्रभावकारी र विश्वासनीय बनाउनुपर्ने ।
१४. प्रेस कानुन बनाउन सरकारलाई दवाव दिनुपर्ने ।
१५. संकटमा रहेका महासंघलाई आर्थिक रूपमा बलियो बनाउनुपर्ने ।
१६. छुटाइएका, नवीकरण गर्न नसकेका पत्रकारहरूलाई सदस्यता दिनुपर्ने ।
१७. नेपाली मिडियाको बिगत र वर्तमान बारे मिडिया महोत्सव गर्नु पर्ने । त्यसका लागि मापदण्ड निर्माण एवं कार्यान्वयन गनुपर्ने ।
१८. सरकारले पेश गरेको समाजिक सञ्जाल नियमन विधेकमा सुधार गर्नु पर्ने प्रवधानहरू बारे महासंघले ठोस प्रतिवेदन तयार गरेर प्रेस स्वतन्त्रता सम्बन्धी प्रबधानहरू हटाउन पहल गर्नु पर्ने ।
१९. अब राष्ट्रिय मिडिया कुन ? यस बारे प्रष्ट पार्न पहल गर्नु पर्ने ।
२०. खरिद ऐन संसोधन गर्दै सबै अखवारले सबै खाले विज्ञापन प्रकाशन गर्न पाउनुपर्ने कानुन निर्माणका लागि पहल गर्नु पर्ने ।
२१. प्रेस काउन्सिल नेपाललाई आधुनिक बनाउनु पर्ने ।
२२. मिडिया सम्बन्धी सरकारी कामकाजलाई अनलाइन प्रणलीबाट सञ्चालनका लागि वातावरण निर्माण गर्न पहल गर्नु पर्ने ।
२३. मुलधार तथा स्वरोजगार मुलक मिडियाहरूलाई सरकारी स्तरबाट ऋण उपलब्ध गराउनु पर्ने ।
२४. पत्रकार र पत्रकारका परिवारलाई स्वास्थ्य उपचार, ऋणमा सहुलियत प्रदान गर्नुपर्ने ।
२५. मिडिया हाउसलाई नागरिक लगानी कोषमा आवद्ध गराउन पहल गर्नु पर्ने ।
२६. केन्द्रीय समितिको सल्लहाकार विधान अनुसार हुनुपर्ने ।
२७. पुरस्कार र सम्मानलाई व्यवस्थित गर्नुपर्ने ।
२८. पत्रकारको वृत्ति विकासका लागि समय अनुसारको तलव वृद्घिका लागि ऐन संसोधनका लागि पहल गर्नु पर्ने ।
२९. पत्रकार अचारसंहित पालनबारे जनजागरण अभियान संचालन गर्नुपर्ने ।
३०. मासिक रूपमा भए गरेका कार्य सम्पादन संघ, प्रदेश र जिल्ला सबै तहबाट सर्वजानिक गर्नु पर्ने ।
३१. केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनुपर्ने ।
३२ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतका पक्षमा कठोर भएर उभिनु पर्ने ।
२०८१ माघ ३०, बुधबार २३:१०मा प्रकाशित