
गोविन्द महतो
धनुषा (कमला), फाल्गुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान अन्तर्गत अहिले तराई मधेशका जिल्लाहरुको दौडाहको क्रममा धनुषा पुगेका छन् । आईतवार पार्टी अध्यक्ष प्रचण्ड सहितका नेताहरु साढे ५ बजे विहानै प्रचण्ड आफु बसेको कमला नगरपालिकाको माची देखि मोङराहा सम्म मर्निङ वाकमा निस्किए । ट्रयाकसुटमा सजिएर झण्डै किलोमिटर भन्दा बढी लम्किएपछि बाटैबाटो मानिसहरुको भिडमा भएको गुप्ता चिया पसलमा पुगे ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, पम्फा भुसाल, उपमहासचिवद्वय वर्षमान पुनः गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव, धनुषा ईन्चार्ज श्रवण यादव बरबरिया सहितका नेता धनुषाको ग्रामीण भेगमा स्थानीय केही नेतासँगै मर्निङ वाकमा गएका प्रचण्डलाई साधारण भेषमा देखेपछि स्थानीयलाई ‘सरप्राइज’ जस्तै भयो ।
‘यसरी कुनै नेता पनि हिँडेर सहज वातावरणले भेट्न नआएको भन्दै उत्साही भएका चिया पिउन आएका सर्वसाधारणको प्रचण्ड आएको खबर एक कान, दुई कान हुदै मैदान सम्मै पुग्यो, एकै छिनमा टोल नै जम्मा भयो’, माओवादी केन्द्रका प्रदेश सदस्य तथा पूर्व मेयर उदय कुमार यादव बरबरियाले भने, ‘तराई तराई मधेश जागरण अभियान देशको वर्तमान अवस्थाका बारेमा के हुन्छ ? भन्ने जिज्ञासा धेरैको थियो ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई देखेपछि चिया पसलमा भएका स्थानीयहरुले चिया पिउन आग्रह गरिहाले । प्रण्डले पनि त्यहाँ बसेका स्थानीयको कुरा काट्न सकेन । चिया पसलमा रोकिएर प्रचण्डले चियाको चुस्कीसंगै राजनीतिक माहौल बुझ्न उपस्थित स्थानीयहरुसंग मज्जाले भलाकुसारीमा व्यस्त भए ।
मर्निङ वाकपछि गरेर थकित भएपछि चिया पसलमा चिया खाने क्रममा पुगेका स्थानियको भिडले उनलाई नानाथरिका प्रश्नहरु तेर्साईरहेका थिए । जवाफमा प्रचण्डले मधेशमा माओवादीको पक्षमा लहर आउँदै गरेको यथार्थ तराई मधेश जागरण अभियानको क्रममा ओलिएको भिडको उदाहरण दिएर प्रस्तुत गरेका थिए । उनले भने, ‘विभिन्न कालखण्डमा माओवादीबाट फर्किएका नेता कार्यकर्ताहरु अन्य पार्टीमा पुगेका तथा पार्टी खोलेर बसेकाहरु माओवादी फर्किन लर्को लागेको छ । यस्तै अघिल्लो निर्वाचनमा माओवादीबाट छुट्टिएकाहरु समेत माओवादी जिताउन मधेश जनजागरण अभियानमा सक्रिय छ । यसले पनि मधेश माओवादी मय हुन लागेको छ’ प्रचण्डको जवाफ थियो ।
मधेशको जिल्ला जिल्लामा हुलाकी राजमार्ग केन्द्रित जनजागरणमा प्रचण्ड एह विहानै चिया पसलमा देखिएपछि प्रचण्डको भलाकुसारी नसक्दै सडकमा उनलाई हेर्न मानसको भिड नै लागेको थियो । संवादको क्रममा ‘स्थानीयले पनि वर्तमान अवस्थामा माओवादी मधेशमा खस्किएको दुई गुटको कारण पार्टी ध्वस्त भएको छ। हाम्रो अधिकार सुरक्षित हुन्थ्यो भनिरहेका छन’, मुजेलिया मर्निङ वाकमा स्थानीयको कुराकानी उल्लेख गर्दै नेता जोगकुमार यादव बरबरियाले भने ।
तराई मधेश जनजागरण अभियानको क्रममा हाम्रो अध्यक्ष ज्यूको फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरुप जनसभा, चोकसभा, अन्तक्र्रिया, जनभेटघाट आदि रहेको छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरुको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएको जनाए । कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रमहरु आयोजना गर्ने गरिएको स्वकीय सचिव आचार्यले बताए ।
यसरी मधेशमा असन्तुष्ट माओवादी कार्यकर्तालाई फकाउने देखि मधेसमा माओवादीले गरेको काम तथा उपलब्धि गनाउने सम्मको काम गर्दै आफ्नो पक्षमा माहोल बनाइरहेको छ । अभियानको क्रममा दिनरात नभनी खटिरहेका प्रचण्डले मधेसमा सक्रिय रहेका प्रचण्डले पनि मधेश र मधेशीको अधिकारको पक्षमा माओवादी रहेको बताउन कहि पनि भुलदैनन् ।
शनिबार सर्लाही देखिका कार्यक्रम १÷१ दिन पछि सारेर तालिका हेरफेर गरेको माओवादीले फेरि अर्को सर्कुलर पठाएर महोत्तरीदेखिको कार्यक्रमको समय तालिका परिवर्तन गरिएको प्रमुख स्वकीय सचिव आचार्यले जानकारी दिए ।