नेपालवाणी नेटवर्क
जनकपुरधाम, फाल्गुन ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति अंकुर साहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकाल देखि लिएका लक्ष तथा उद्देश्यहरु पूरा गर्दै अगाडी बढेको बताएका छन् । डा. साहले प्रतिष्ठान निरन्तर प्रगतिको शिखरमा सफल भएकोमा हर्षित हुँदै चिकित्सा शिक्षा, सर्वसुलभ स्वास्थ्योपचार दिन सकेकोमा खुशी व्यक्त गरे ।

उपकूलपति साहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट संचालित शैक्षिक कार्यक्रमहरुको स्तरोन्नति, अस्पतालबाट प्रदान गरिने सेवामा अरु सरलता र सहजता तथा अनुसन्धानका क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त गर्न अग्रसरताका साथ लाग्न आग्रह गरे । उनले मधेशको जिल्लामा अवस्थित प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ स्वास्थ्य सेवाको पंहुच पु¥याउदै अनुसन्धानको क्षेत्रलाई अझ फराकिलो बनाउदै लैजाने तर्फ उत्सुकताका साथ तत्सम्बन्धी कार्यमा अग्रसर रहने प्रतिबद्धता गरे ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा सम्बोधन गर्दै साह भने, ‘अनुसन्धानले मात्र सिंगो मुलुकको हित हुन्छ भन्ने यात्राको क्रममा हामी पाँचौ वर्ष सम्म मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यक्ष तथा परोक्ष रुपमा यात्रामा साथ दिनु हुने मधेश प्रदेश सरकार, चिकित्सा शिक्षा आयोग, सम्पूर्ण विश्वविद्यालय तथा प्रतिष्ठानहरु, नागरिक समाज, साझेदार संस्थाहरु, संचार मध्यम, सुरक्षा निकाय, शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरु लगायत सम्बन्धित सम्पूर्णमा हार्दिक आभार, धन्यवाद तथा शुभ कामना व्यक्त गर्दछु ।’

२०८१ फाल्गुन १९, सोमबार १२:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय