नेपालवाणी नेटवर्क
जनकपुरधाम, फाल्गुन ।


जनकपुरधामको प्रसिद्ध लडडु गोपाल एण्ड स्विटस् एण्ड स्न्याक्सले आफ्नो तेश्रो शाखा विस्तार गरेको छ । जनकपुरको ख्याती प्राप्त लडडु गोपाल एण्ड स्विटस्ले बुधवार एक समारोहका बीच जनकपुरधामको तपसी चोकमा तेश्रो शाखाको रुपमा विस्तार भएको हो ।
लडडु गोपाल एण्ड स्विटस् एण्ड स्न्याक्सका अभिभावक तथा संरक्षणक लालबाबु् साह तथा रामदुलारी देवी साहले तेश्रो शाखा रिबन काटेर उदघाटन गरेको हो । ‘हामी कहाँ विभिन्न ५१ वटा विभिन्न परिकारको मिठाई शुद्ध र गुणस्तरीय पाईन्छ, ’ सञ्चालक बीरेन्द्र साहले भने, ‘हामीले यो तेश्रो शाखाको रुपमा विस्तार गरेका छौं, हामीले अन्य शाखा जस्तै यो शाखामा पनि गुणस्तरीयता र क्वालिटीको मामिलामा उत्कृष्ठ हुन्छ ।’


५० लाखको लागनीमा तेश्रो शाखा विस्तार गरिएको लडडु गोपालको पहिलो शाखा जनकपुरधाम स्थित क्याम्पस चोक, दोश्रो जनकपुर एयरपोर्ट र तेश्रो तपसी चोकमा स्थापना गरिएको सञ्चालक बीरेन्द्र साहले नेपालवाणी नेटवर्कलाई जानकारी दिए । उनका अनुसार तीनवटै शाखामा ५१ जना कर्मचारीलाई रोजगारी समेत दिएको बताए । ‘आफूहरुले गुणस्तरमा कुनै कसर बाँकी नराखेको लडडु गोपाल स्विट्सको सञ्चालक बीरेन्द्र साहले भने, ‘हामीले गुणस्तरमा कुनै सम्झौता गरेका छैनौँ । सबै परिकारहरु ताजा नै बेच्ने गरेका छौँ ।’

 उनले स्विटस्मा फरक–फरक स्वाद र थरी–थरीका मिठाई पाइनुका साथै पूर्ण रुपमा शाहाकारी परिकार मात्र पाइने बताए। सबै ग्राहकहरुको स्तर एकनासको नहुने भएकाले उनीहरुलाई पनि मध्यनजर गरेर मिठाईको मूल्य निर्धारण गरिएको साहको भनाई छ । साथै होलीको शुभ अवसरमा मिठाईका परिकारहरुमा विशेष छुटको व्यवस्था समेत गरिएको साहले बताए ।


२०८१ फाल्गुन २८, बुधबार १७:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय