नेपालवाणी नेटवर्क
जनकपुरधाम, चैत्र ।

धनुषामा एक युवक शव ईनारभित्र फेला परेको छ । धनुषाको मिथिला नगरपालिका–८ जमुनिवासमा ३५ वर्षीय पुरुष नारायण घिसिङ्गको शव इनारभित्र फेला परेको हो । घिसिङ्गको परिवारले चार दिनदेखि हराएको लिखित उजूरी गरेका थिए । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले घटनाबारे जानकारी दिँदै भने, ‘सोमबार साँझ शवको विषयमा जानकारी प्राप्त भयो । तर, अन्ध्यारो र कठिन परिस्थितिको कारण शवलाई इनारबाट निकाल्न सकिएको थिएन । मंगलबार बिहान सशस्त्र प्रहरीको सहयोगमा शवलाई इनारबाट बाहिर निकालिएको छ ।’

शव निकालेर पोष्टमार्टमका लागि महोत्तरी जिल्लाको बर्दिवास अस्पताल पठाइएको छ भने पोष्टमार्टम पश्चात मात्र मृत्युको कारण खुल्ने प्रहरी निरिक्षक जटाशंकर यादवले जानकारी दिए । प्रहरी निरीक्षक यादवका अनुसार मृत्युको कारण र घटनाबारे हाल अनुसन्धान भईरहेकोले विस्तृत खुलाउन नसकिएको जानकारी दिए । पोष्टमार्टम रिपोर्टले मात्र वास्तविक कारण खुलाउने र तत्काल अनुसन्धानको क्रममा रहेको जानकारी दिए ।

प्रहरी निरिक्षक यादवले भने, ‘मृतक घिसिङका पिता काजीसिंह घिसिङको सूचनाको आधारमा चार दिनदेखि हराएको घिसिङ्गलाई खोजतलासका लागि आफन्त र चिनेजानेका व्यक्तिहरूसँग फोन गरेर खोजी गरिरहेको थियो । सोमबार साँझ घरका केटाकेटीहरुले इनार नजिक दुर्गन्ध महसुस गरेपछि इनारको निरीक्षण गर्दा मानिसको हातखुट्टा देखिएपछि ढल्केवर प्रहरीले सशस्त्र प्रहरीको सहयोगमा शव बरामद गरेको छ ।‘


२०८१ चैत्र ५, मंगलवार १७:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु