नेपालवाणी नेटवर्क
जनकपुरधाम, चैत्र ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले कालोपत्रे (पिच) सडकको शिलान्यास गरेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ औरहा कुर्मी टोलमा एक समारोहका बीच कालोपत्रे सडकको शिलान्यास गरेका हुन् ।


धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ९ औरहा कुर्मीटोलमा शिलान्यास गर्दै सडक धनुषाधाम नगरपालिकाको पर्वता सडकलाई जोड्ने गरी शिलान्यास गरिएको सभामुखका प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलले जानकारी दिए ।

धनुषाको क्षेत्र नं. २ (ख) बाट निर्वाचित समेत रहेका सभामुख मण्डलले १ करोडको लागतमा कालोपत्रे सडकको शिलान्यास गरेको हो । शिलान्यास समारोहमा सभामुख रामचन्द्र मण्डलले धनुषाको क्षेत्र नं. १ मा आफुले सक्दो विकास गर्ने बताए । उनले भने, ‘यो क्षेत्रमा धेरै नेताहरु धेरै दिन देखि जितेर गए तर केही गर्न सकेनन् । तर म निर्वाचित भएको दुवै कार्यकालमा जनताको प्रत्यक्ष लाभ हुने खालका योजनाहरुले यहाँको जनताको विकास मार्फत सेवा गर्दै आएको छु ।’


सभामुख मण्डलले जनताको जनजीविकाको सवालमा सबैभन्दा बढी कृषि, शिक्षा र स्वास्थ्यमा आफ्नो ध्यान केन्द्रित गरेर काम अघि बढाईरहेको दाबी गरे । उनले भने, ‘पहिले जितेर गएका जनप्रतिनिधिहरुले कति विकास गरे ? र अहिले म निर्वाचित हुँदा कति विकास भयो, तपाईहरु स्वयंम मुल्यांकन गर्नुस् । फरक आफै छुटयाउनुस् । स्वभाविक रुपमा अहिले यस क्षेत्रमा विकास मुल नै फुटेको छ ।’


२०८१ चैत्र ९, शनिबार १२:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु