
नेपालवाणी डटकम
जनकपुरधाम, चैत्त ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको संघर्ष र आन्दोलनको भुमिकामा खरो उत्रिएको बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायीत्वका लागि मधेश प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रदेशको राजनीतिक सशक्तिकरणमा मधेशको योगदानको खुलेर प्रशंसा गरे ।
मधेश प्रदेशसभाको चौथो अधिवेशनको २१ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशको ऐतिहासिक भूमिका र योगदानलाई उच्च मूल्याङ्कन गर्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा खेलेको भूमिकाबारे भने, ‘लामो समयको लडाईपछि हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं । मधेश प्रदेश चेतनामा अग्रणी प्रदेशको रुपमा छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेशले सबभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको छ । लोकतन्त्रको रक्षामा पनि मधेश सशक्त रुपमा उभिएको छ ।’
उनले थपे, ‘मधेश प्रदेश संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढताका साथ उभिने विश्वास राख्दछ । यो विश्वास मधेश प्रदेशका जनताको बलिदान र संघर्षको प्रतीक हो ।’ प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन र प्राप्त उपलब्धिहरुलाई केवल राजनीतिक उपलब्धिका रुपमा सीमित नगर्न र तिनीहरुलाई जनताको बलिदान, संघर्ष र त्यागको परिणामको रुपमा हेर्न आवश्यकता रहेको बताए । उनले भने, ‘जनताको संघर्ष र बलिदानबाट आएका उपलब्धिहरु हाम्रो साझा सम्पत्ति हुन् ।’
ओलीले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको सेवामा समर्पित हुनुपर्छ । हाम्रो सबै प्रयासहरु देश र जनताको सेवामा समर्पित हुनुपर्छ ।’ राजनीतिक अधिकारहरुको विस्तार गरेर परिपूर्ण लोकतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिँदै जनताको जीवनस्तर सुधारको लागि राजनीतिक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘राजनीतिमा लोकतन्त्र स्थापित भएर गरिबी र अन्य सामाजिक समस्या समाधान गर्न सकेन भने लोकतन्त्रको अर्थ छैन ।’