भूमिका उपाध्याय, 

बर्दिबास, ७ वैशाख । मदन भण्डारी फाउण्डेशनको प्रथम महोत्तरी जिल्ला अधिवेशनले अरुणकुमार सिंहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । आज आइतबार बर्दिबासमा सम्पन्न अधिवेशनले सिंहको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति चयन गरेको हो । यसअघि भङ्गाहा गाविस छँदा दुई कार्यकाल अध्यक्ष रहनु भएका सिंह एमालेका पुरानो पङ्तिका कार्यकर्ता हुनुहुन्छ ।

नयाँ समितिमा लोहारपट्टी—७ भ्रमरपुराका सुनिल शर्मा उपाध्यक्ष चयन हुनुभएको छ । शर्मा २०७९ को स्थानीयतह निर्वाचनमा एमालेका तर्फबाट लोहारपट्टी नगरपालिकाको प्रमुखको प्रत्यासी हुनुहुन्थ्यो । यसैगरी सचिबमा बर्दिबास—८ का रुद्रबहादुर किङ्गरिङ्ग र कोषाध्यक्ष भङ्गाहा—५ का विजयकुमार महतो चयन हुनुभएको छ ।

समितिका सदस्यमा डा. रविशङ्कर चौधरी, श्रुति पण्डित, अनिल यादव, हशमत नदाफ, पिन्टु यादव, सुजित राउत, इन्द्रलाल मिरिङ्चिङ् र रामहरि थापासहित चयन हुनुभएको फाउण्डेशनका मधेश प्रदेश सदस्य तथा महोत्तरी ईञ्चार्ज गोपाल बरालले जानकारी दिनुभयो । नयाँ समितिले आजै सपथ ग्रहण गरेर औपचारिक रुपमै काम थालेको छ । समितिका पदाधिकारी तथा सदस्यलाई प्‌देश अध्यक्ष राज महम्मद रायले सपथ गराउनु भएको हो ।

नयाँ नेतृत्व चयन हुनअघि अधिवेशनको उद्घाटन गर्दै फाउण्डेशनका प्रदेश अध्यक्ष राज महम्मद रायले नेपाली कम्युनिष्ट आन्दोलनका नविन विचारक स्व. मदन भण्डारीका विचारलाई जनजनमा पुर्‍याउन फाउण्डेशनले योजनाबद्ध काम गर्न पर्ने उल्लेख गर्नुभयो । उद्घाटन समारोहमा नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य दुर्गा दाहाल, सल्लाहकार सरिता ढुङ्गाना, प्रदेश कमिटी सदस्यहरु शङ्कर महतो र मीन रहपाल एबं जिल्ला सचिवालय सदस्य बाबुराम अधिकारीसहितले शुभकामना व्यक्त गर्नुभयो ।

महोत्तरीमा २०७७ मा पहिलोपटक फाउण्डेशनको सम्पन्न भेलाले गोपाल बरालको अध्यक्षतामा जिल्ला तदर्थ समिति बनाएको थियो । त्यसयता फाउण्डेशनका गतिविधि जिल्लामा सञ्चालन हुँदै आएका छन् ।


२०८२ बैशाख ७, आईतवार २०:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय