
नेपालवाणी नेटवर्क
जनकपुरधाम, बैशाख ।
धनुषाको हंसपुर नगरपालिका ५ सु्गानिकासमा मधेश प्रदेशसका सभामुख रामचन्द्र मण्डलले दुई योजनाको शिलान्यास गरेका छन् । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले हंसपुर नगरपालिका वडा नं. ५ स्थित सुगानिकासमा दुईवटा योजनाको शिलान्यास गरेका हुन् ।
सभामुख मण्डलद्वारा स्मशानघाट अर्थात स्वर्गद्वारी निर्माण र खेलकूद मैदानको दुई योजनाको शिलान्यास गरेका हुन् । स्वर्गद्वारीको लागि ५० लाख र खेलकूद मैदानको लागि ३० लाखको बजेट विनियोजना गरिएको सभामुखका प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलले नेपालवाणी नेटवर्कलाई जानकारी दिए ।
शिलान्यास समारोह पश्चात बोल्दै सभामुख मण्डलले धनुषाका क्षेत्र नं. १ मा आफुले सक्दो विकास गर्ने बताए । उनले भने, ‘यो क्षेत्रमा धेरै नेताहरु धेरै दिन देखि जितेर गए तर केही गर्न सकेनन् । तर म निर्वाचित भएको दुवै कार्यकालमा जनताको प्रत्यक्ष लाभ हुने खालका योजनाहरुले यहाँको जनताको विकास मार्फत सेवा गर्दै आएको छु ।’
क्षेत्र नं. २ (ख) बाट निर्वाचित समेत रहेका सभामुख मण्डलले १ करोडको लागतमा कालोपत्रे सडकको शिलान्यास गरेको हो । शिलान्यास समारोहमा सभामुख रामचन्द्र मण्डलले भने, ‘यो सडकको बहुबर्षिय योजना अन्तर्गत डिपिआर भैसकेको छ । आउँदो वर्षमा पुरै सडक नै बन्छ ।’ सभामुख मण्डलले जनताको जनजीविकाको सवालमा सबैभन्दा बढी सडक, सिंचाई, शिक्षा, स्वास्थ्यमा ध्यान केन्द्रित गरेर काम गरिरहेको दाबी गरे ।
उनले भने, ‘पहिले जितेर गएका जनप्रतिनिधिहरुले कति विकास गरे ? र अहिले म निर्वाचित हुँदा कति विकास भयो, तपाईहरु स्वयंम मुल्यांकन गर्नुस् । फरक आफै छुटयाउनुस् । स्वभाविक रुपमा अहिले यस क्षेत्रमा विकास मुल नै फुटेको छ । तपाईले अपेक्षा गर्नुभएको हरेक चिज पु¥याउँदै आएको छु र आगामी दिनमा पनि पु¥याउनेछु ।’
यस अघि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले धनुषाको हंसपुर नगरपालिका ५ सुगानिकासमा कालोपत्रे सडक र डिहवार स्थानको शिलान्यास समेत गरेका थिए । धनुषाको क्षेत्र नं. २ (ख) अन्तर्गत हंसपुर नगरपालिका वडा नं. ५ सुगानिकासमा कालोपत्रे सडक र डिहवार स्थानको शिलान्यास गरेका थिए । सभामुख मण्डलले हंसपुर नगरपालिका ५ सुगानिकास देखि धनुषापथ जोड्न् कालोपत्रे सडक र सुगानिकास स्थित डिहवार (मन्दिर) स्थानको समेत शिलान्यास गरेको थियो ।