
नेपालवाणी नेटवर्क
जनकपुरधाम, बैशाख ।
नेपाल कुशवाहा कल्याण समाजद्वारा नयाँ वर्षको २०८२ को शुभकामना आदान प्रदान तथा भितेपात्रोको विमोचन गरिएको छ । नेपाल कुशवाहा कल्याण समाज केन्द्रिय कार्यालयद्वारा जनकपुरधाममा आयोजित शुभकामना आदान प्रदान तथा विमोचन समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले भितेपात्रो (क्यालेण्डर) को विमोचन गरेका हुन् ।
विमोचन समारोहमा बोल्दै मन्त्री सिंहले नेपालमा रहेका कुशवाहा समुदायको हकहित अधिकार, संस्कृतिक भेषभुषा, भाषाको पहिचानको रक्षा एवं संरक्षण सहितको उद्देश्य लिइ सङ्गठित कुशवाहा समृद्ध समाजको निर्माणमा जोड दिन आग्रह गरे । उनले कुशवाहा समुदायको कल्याण, संरक्षण, सम्बद्र्धन र विकासका लागि नेपाल कुशवाहा कल्याण समाजको स्थापनासुखद पक्ष रहेको बताउँदै यो प्लेटफर्म मार्फत देशमा राजनीतिक पहुँच तथा आर्थिक समृद्धिका लागि एकिकरण भएर लाग्न आवश्यक रहेकोमा जोड दिए ।
नेपाल कुशवाहा कल्याण समाज, केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष अरुण कुमार महतोले समाजको आगामी रणनीति सुनाउँदै कुशवाहाको काठमाण्डौंमा अतिथि सदन निर्माणका लागि पहलकदमी लिएको र आउँदो तीन वर्ष भित्र संचरना निर्माण गरिसक्ने अभिप्रायका साथ लागेको जानकारी दिए । उनले भने, ‘काठमाण्डौं देशको राजधानी हो, ग्रामीण भेगबाट गएका कुशवाहा वंशीरुलाई काठमाण्डौंमा एकिकृत गर्न तथा राजधानी आएको बेला सबैको जमघट तथा विकास वृतिको अवधारणाका साथ अतिथि सदनको आवश्यकता छ । जसमा सबैले सहयोग गर्न आवश्यक छ ।’
कुशवाहा कल्याण समाज काठमाडौद्वारा जनकपुरधाममा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भितेपात्रो बिमोचन समारोहको अध्यक्षता नीति आयोगका सद्स्य राजकुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष फुल कुमारी महतो, कोषाध्यक्ष अरुण कुमार महतो, केन्द्रिय सद्स्य सुशील कुमार सिंह, भोला महतो, अध्यक्ष योगेन्द्र महतो, किस नेपाल कार्य समितिका सचिव रामकृपाल महतो, कुट्टि सचिव ललन महतो, सन्तोष सिंह, अनिशा कुशवाहा, राम सोगारथ महतो, राम नवीन महतो, शोभालाल महतो लगायत कुशवाहा समाजक दर्जनौ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।