
जनकपुरधाम: स्वतन्त्र युवा प्रजातान्त्रिक सघ, नेपाल ले “नेपालको समृद्धिमा भारतको भुमिका” बिषयक बिचार गोष्ठी कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । सघका अध्यक्ष अरविन्द महतोका अनुसार गोष्ठीको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो ।
मंगलबार जनकपुरधाम स्थित महेन्द्र नारायण निधि सास्कृतिक केन्द्रमा आयोजना हुने जनाईएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रथम राष्ट्रपति डा. रामवरण यादव सहभागी हुने जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय मुक्ती पार्टि नेपालका अध्यक्ष राजेन्द्र महतोय नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ, मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंह, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेश प्रदेशका मुख्यन्यायधिवक्ता सुरेन्द्र महतो, डा. लोकाराज बराल, डा. भोगेन्द्र झा, डा. उद्धव प्याकुरेल र
भारतीय महावाणिज्य दूतावास विरगन्जका श्रीदेवी सहाय मिना वक्ताको रुपमा सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष महतोले जानकारि दिए । कार्यक्रममा नेपालको विकासमा भारतको भुमिका बिषयमा व्यापक छलफल तथा भारत सरकारले नेपालमा गरिरहेको विकास निर्माणको कार्यहरुको प्रगतिको समीक्षा समेत गरिने आयोजकले जनाएको छ ।
अध्यक्ष महतो नेपाली काङ्ग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि समेत रहेका छन । उनी काङ्ग्रेस नेता शेखर कोइरालाका बिश्वास पात्र हुन् ।