
नेपालवाणी डटकम
जनकपुरधाम, बैशाख ।
महोत्तरीबाट लागु औषध खैरो ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला महोत्तरी बर्दिबास नगरपालिका ०३ गौरीडाँडा स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट अगाडीमा चेत्रजाँचको क्रममा दुई जना युवालाई खैरो ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी नायव उपरिक्षक बिकास बमको कमाण्डमा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट प्रहरी नायव निरिक्ष सरोज कुमार अधिकारी समेतको संयुक्त प्रहरी टोलीले दुई जनालाई खैरो ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
बर्दिबासबाट सिन्धुली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५६ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला सिरहा सिरहा नगरपालिका ७ महेश्वरथान बस्ने वर्ष २० को दुर्गेश यादव र जिल्ला सर्लाही बलरा नगरपालिका ४ घर भई हाल जिल्ला सिन्धुली कमलामाई नगरपालिका ८ बस्ने बर्ष २७ को चलाख भन्ने धर्मेन्द्र साहलाई पक्राउ गरेको हो ।
उनीहरुको शरिरको खान तलासी गर्दा निजले लगाएको कालो रंगको पाईन्टको दाहिने खल्तिबाट सूर्या चुरोटको खालि बट्टामा फिका हरियो रंगको प्लाष्टिकमा बेरी राखेको प्रतिवन्धित लागु औषध खैरो हिरोईन (ब्राउन सुगर) पक्राउ गरिएको हो । खैरो हिरोईनको तौल गर्दा ७.७३ ग्राम रित पूर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।