रामईश्वर ठाकुर,
बर्दिबास, २३ जेठ ।
बर्दिबास-१४ स्थित नाथम कलेजका शिक्षक र विद्यार्थीकाे रक्त समूह परीक्षण गरिएको छ । नेपाल रेडक्रस साेसाइटी बर्दिबास उपशाखाले सञ्चालन गरेकाे रक्तसञ्चार केन्द्रकाे प्राविधिक टाेलीले नाथम कलेजमा रक्त समूह परीक्षण गरेकाे हाे । यस क्रममा शिक्षक / विद्यार्थीसहित ४० जनाकाे रक्त समूह परीक्षणपछि पहिचान गरिएकाे केन्द्रकाे प्रयाेगशाला इञ्चार्ज श्रिजना देवकाेटाले जानकारी दिनुभयाे ।

रक्त समूह परीक्षणले कुन रक्त समूहकाे भन्ने यकिन हुने, रगतमा हुनसक्ने जटिलताबारे जानकारी हुने र याे परीक्षणले आवश्यकताका बेला स्वास्थ्य उपचारमा सहजता हुने केन्द्रका प्रयाेगशालाका स्वास्थ्यकर्मीकाे भनाइ छ ।

यसैगरी रेडक्रस बर्दिबास उपशाखाकै प्रयाेगशालाका स्वास्थ्यकर्मीले धनुषाकाे मिथिला-९ मा महिला समूहमा आबद्धहरुलाई प्राथमिक उपचारबारे जानकारी गराएका छन् । केन्द्रकाे प्रयाेगशालाका स्वास्थ्यकर्मी रिमा बराइलीले ग्रामीण महिलालाई आपदविपदका बेला अप्नाउनु पर्ने स्वास्थ्य सचेतता र प्राथमिक उपचारबारे जानकारी गराउनु भएकाे हाे

प्राथमिक उपचारबारे स्वास्थ्य शिक्षा अन्तर्कृयाका सहभागी महिला केही दिन पहिले भारतकाे कश्मिरस्थित पहलगाममा भएकाे आतङ्की हमलाकै बेला त्यहाँबाट सकुशल उद्धार गरेर ल्याइएका व्यक्तिहरुका पारिवारिक सदस्य हुन् । ‘रेस्क्यू टु राइट’ संस्थाले ती महिलाका लागि प्राथमिक उपचारबारे जानकारी बढाउन अन्तर्कृया कार्यक्रमकाे आयोजना गरीदिएको हो ।

 

 

 

 

 

 

 


२०८२ जेष्ठ २४, शनिबार १६:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय