नेपालवाणी नेट्वर्क
जनकपुरधाम, अषाढ ।

महोत्तरीको गौशाला नगरपालिकामा मेयर-उपमेयर विवाद सुल्झाउन प्रमुख जिल्ला अधिकारीले बोलाएको बैठक बहिष्कार गरेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय सर्वदलीय बैठक बहिष्कार गर्दै गौशालाका  मेयर डा. दिपेन्द्र महतो बाहिरिएका छन् ।

महोत्तरी समन्वय समितिका सभापति सुमन कर्णलाई बैठक बोलाएको भन्दै आक्रोशित भएका मेयर महतोले बैठक बहिष्कार गरेर बाहिरिएको बैठकमा सहभागी एकजनाले जानकारी दिए ।

बैठकमा सबै पार्टिका जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायहरुलाई बोलाईएको छ । बैठक छोडेर बाहिरिएपछी दलका नेताहरु तथा सिडियोले बैठकमा बोलाउन पहल गरिरहेको छ ।


२०८२ असार ७, शनिबार १६:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय