भूमिका उपाध्याय,
महोत्तरी, ७ असार ।

महोत्तरीको बर्दिबासमा आज सामुहिक योगाभ्यास गरिएको छ । ११ औं विश्व योग दिवसको अवसरमा विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा नीलगङ्गा योगशाला बर्दिबासले आयोजना गरेको एक दिने निःशुल्क योग शिबिरमा सामुहिक योगाभ्यास गरिएको हो । योगाभ्यासमा जनप्रतिनिधि, ब्यापारी र विभिन्न सामाजिक सङ्घसंस्थाका अगुवाको सहभागिता रहेको छ ।

पछिल्ला केही वर्षयता बर्दिबासमा योगाभ्यासका सहभागी बढ्दै गएका छन् । अहिले २०० भन्दा बढी नियमित योग भवनमै पुगेर अभ्यासमा जुट्ने गरेका नीलगङ्गा योगशाला बर्दिबासका योग गुरु सुमित्रा भट्टराईले जानकारी दिनुभयो ।

बर्दिबासमा द आर्ट अफ लिभिङ्गमा आबद्धहरु, स्वामी विवेकानन्द आश्रम , लायन्स क्लव अफ बर्दिबास र नीलगङ्गा योगशालाले नियमित योगाभ्यास गराउँदै आएका छन् । बर्दिबास–३ गौरीडाँडामा योग भवन नै निर्माण भएर सञ्चालनमा आएपछि यहाँ योगाभ्यासको संस्कृति बढ्दै गएको योगसाधक चुडामणि पोखरेल बताउनुहुन्छ ।

आज दिवसको अवसरको योगाभ्यासमा बर्दिबास–१ कै बासिन्दा महोत्तरी–१ (१) बाट निर्वाचित मधेश प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबासका नगरप्रमुख प्रहलादकुमार क्षत्रीसहितका जनप्रतिनिधि र समाजका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको सहभागिताले आम सर्वसाधारणलाई योगाभ्यासमा उत्प्रेरित गरेको नीलगङ्गा योगशालाका सञ्चालक सुमित्रा भट्टराईको कथन छ । योग साधनाले मानिसलाई सत्कर्म, सद्विचार, सदाचार र सत्‌मार्गमा डोर्‍याउन मद्दत गर्ने साधकहरुको भनाइ छ । यसबाहेक नियमित योगसाधनाले शारीरिक समस्या निदानसँगै निरोगी रहन सहयोग गर्ने सिद्ध नै भइसकेको योग गुरु भट्टराईको कथन छ ।

योग दिवसका अवसरमा मनराशिशवा नगरपालिकाले पनि वृहद योग शिबिर सम्पन्न गरेको छ । त्यहाँका नगरप्रमुख मोहन पाण्डे आफैं योग साधक हुनुहुन्छ ।


२०८२ असार ७, शनिबार १८:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय