
गोविन्द महतो
जनकपुरधाम, श्रावण ।
सशस्त्र प्रहरी बल सिमा सुरक्षा बलले झण्डै १ करोड ६० लाख बराबरको लत्ताकपडा तथा चूरोट बरामद गरेको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा बल र भन्सार कार्यालय सर्लाही मंगलवाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा बुधवार राति ८ बजे सर्लाहीको ईश्वरपुर नगरपालिका २ लाईटरखोरबाट एक करोड ६० लाख बराबरको लत्ताकपडा तथा चूरोट बरामद गरेको हो ।
सर्लाहीको ईश्वरपुर नपा २ लाईटरखोर स्थित श्री तुलसी पशुपालन फर्ममा अवैध रुपमा लुकाई–छिपाई राखेको १ करोड ५८ लाख ५९ हजारको मात्रामा लत्ताकपडा र चुरोट छापामारी गरी बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वाटर सर्लाहीबाट सशस्त्र प्रहरी उपरिक्षक देव बहादुर चन्दको कमाण्डमा ५१ जना र सर्लाही भन्सार कार्यालय मलंगवाबाट भन्सार अधिकृत डम्बर बहादुर बस्नेतको ५ जनाको संयुक्त टोलीले लत्ताकपडा र चुरोट बरामद गरेको भन्सार अधिकृत धर्मेन्द्र कुमार सिंहले जनाकारी दिए । टोलीले प्लाटिनम एण्ड प्रिमियम ब्लेण्डेड ब्लू ३१ पोका कपडा र ७० कार्टुन चुरोट बरामद गरी भन्सार कार्यालय मलंगवा, सर्लाहीमा दाखिला गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल मधेश प्रदेशको सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जिम्मेवारी सम्हालेसंगै चोरी तस्करी नियन्त्रणमा व्यापक सुधार भएको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालको दाबी छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नास्ता वाहिनी मुख्यालयले तस्करीको सुचना प्राप्त हुनसाथ भन्सार कार्यालय मलंगवा सर्लाहीसंग आवश्यक समन्वयन गरी भण्डारण गरेको स्थान पहिचान गरी छापा मारेको डिआईजी ढकालको जनाए ।
सशस्त्र प्रहरी बल, नेपाल मधेश प्रदेशको सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जिम्मेवारी सम्हालेको दुई महिनाको अवधिमा मात्रै १७ करोड १२ लाख ४६ हजार ४ सय ८६ रुपैया बराबरको अवैध सामान र १२८०.२१६ के.जि. गाँजा र ८२,९६६ पिस ट्रमाडोल हाईड्रोक्लोराईड बरामद गरेको जानकारी गराए ।