
दपिक कुमार मिश्र
जनकपुरधाम, श्रावण ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त दलको योगदान र संघर्षबाट सरकार निर्माण भएकोले सुशासन र विकासलाई अघि बढाउन सरकार लागि परेको बताएका छन् । ओलीले राष्ट्रलाई सुशासनको दिशामा अगाडी बढाउन विना झन्झट सेवा सेविधा उपलब्ध गराउने अभिभारा सरकारले बोकेको बताएका हुन् ।
मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ का लागि नयाँ संकल्पका साथ अगाडी बढनुपर्ने बताए । उनले भने, ‘विभिन्न कालखण्डमा संघर्ष गरेर आएकालाई देशप्रति माया छ, तर जसलाई संघर्ष थाहा छैन, त्यसलाई यो व्यवस्था अप्रिय लागिरहेको छ । कतिपयले यो व्यवस्था ढाल्न लागि परेको छ, अध्याँरो दिन फर्काउन केही तत्व लागेको छ तर यो व्यवस्थालाई कायम राखिन्छ, रहन्छ ।’
नयाँ शक्तिको नाममा केही नयाँहरुले भ्रममा छर्न लागिपरेको बताउदै प्रधानमन्त्री ओलीले भने, ‘जसको देशमा कुनै योगदान छैन, त्यसले देशलाई माया गर्दैन, जसले देशको लागि गरेको हुन्छ, त्यसलाई देशको माया हुन्छ ।’
ओलीले प्रहरीले आफ्नो कर्तव्यनिष्ठ व्यवहार, अपराध अनुसन्धान, लगायत लागु औषध निन्त्रण तथा देशलाई बबर्मादी तर्फ धकेल्ने सुचक तर्फ मधेश प्रदेश प्रहरी विशेष सजग र सर्तक हुन जरुरी रहेको बताए ।
उनले भने, ‘मधेशमा भन्सारबाट उठनुपर्ने राजश्व उठेको छैन, चुहावटमा बढोत्तरी भएको छ, अवैद्य चोरी निकासी पैठारी बढ्दो छ ।’ भन्सार बोर्डर खुल्ला रहेकोमा दुरुपयोग गरेर अपराधजन्य गतिविधि गर्नेलाई रोक्न निर्देशन दिदै ओलीले भने, ‘मधेशको सिकायत धेरै भयो । निदोर्ष मान्छे फस्ने, फसाईने जस्ता गतिविधि बन्द गर्न प्रहरी प्रशासनलाई आग्रह गर्दछु । सेना राष्ट्रको रक्षक, प्रहरी, कर्मचारी जनताको सेवक हो हाकिम हैन् । जनतालाई सेवा गर्नुपर्छ ।’
२६ करोडको लागत अनुमान रहेको मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको ठेक्का निर्माण कम्पनीले २१ करोडमा कबोल गरेको थियो ।